१ लाख ५५ हजारभन्दा बढी रोजगारमा आधारित अमेरिकी ग्रिनकार्ड स्वीकृत, सबै कोटा प्रयोग गर्न प्रतिवद्ध


प्रकाशित मिति : श्रावण १०, २०८० बुधबार

युएससीआईएसले आर्थिक बर्ष २०२३ का लागि उपलब्ध सबै रोजगारमा आधारित ग्रिनकार्डहरु प्रयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले आर्थिक बर्ष २०२३ का लागि रोजगारीमा आधारित ग्रिनकार्डको वार्षिक सीमा लगभग १ लाख ९७ हजार हुने अनुमान गरेको छ । किनभने आर्थिक बर्ष २०२२ मा प्रयोग नभएका परिवारमा आधारित ग्रिनकार्डको ५७ हजार संख्या पनि २०२३ मा रोजगारमा आधारित ग्रिनकार्डको कोटामा जोडिएको छ ।

जुन ३० सम्म युएससीआईएस र अमेरिकी विदेश मन्त्रालयले १ लाख ५५ हजारभन्दा बढी रोजगारमा आधारित आप्रवासी भिसा र ग्रिनकार्डहरू प्रयोग गरिसकेका छन् । युएससीआईएसले रोजगारमा आधारित कोटामा ग्रिनकार्ड स्वीकृत दरमा प्रगति गरिरहेको छ भने उपलब्ध रोजगारमा आधारित ग्रिनकार्डहरु प्रयोग गर्न उच्च मात्रामा भिसाहरू प्रशोधन गरिरहेको छ ।

अमेरिकाले हरेक बर्ष झण्डै १ लाख ४० हजार रोजगारमा आधारित ग्रिनकार्ड र आप्रवासी भिसा प्रदान गर्दै आएको छ । जसमा अघिल्लो बर्ष प्रयोग नभएको परिवारमा आधारित ग्रिनकार्डको नम्बर समेत जोडिन्छ । आर्थिक बर्ष २०२३ का लागि उपलब्ध भिसा जारी गर्ने अन्तिम मिति सेप्टेम्बरको अन्तिमसम्ममात्र हो । अब त्यसका लागि झण्डै २ महिना बाँकी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच युएससीआईएसले रोजगारमा आधारित पहिलो श्रेणी ईबी वानका सान्दर्भमा आवेदकहरूले बारम्बार सोध्ने प्रश्नहरूको सूची पनि अद्यावधिक गरेको छ । गैर नागरिकहरूका लागि धेरै कोटीहरूमा आप्रवासी भिसा आवेदनहरु स्वीकृत गर्नु सामान्य रहेको युएससीआईएसले प्रष्ट पारेको छ ।

विशेष गरी जब एक गैर नागरिकले उपलब्ध भिसाको लागि महत्त्वपूर्ण पर्खाइको सामना गर्नुपर्छ, समय बित्दै जाँदा उनीहरुले थप सीप वा योग्यताहरू विकास गर्न सक्छन् जसले उनीहरूलाई ईबी वानका उपश्रेणीहरू मध्ये एउटामा निवेदनको लाभार्थी बन्न योग्य बनाउँछ। त्यस्ता गैर नागरिकहरूले आफै आवेदन दिने निर्णय गर्न सक्छन् वा रोजगारदाताले उनीहरुको तर्फबाट आवेदन दायर गर्न सक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com