भर्जिनियामा दुवै पक्ष दोषी छन्: ट्रम्प


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले श्यार्लोट्सभील भर्जिनियामा भएको हिंसा सन्दर्भमा दुवै पक्षमाथि दोषारोपण गरेका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पले गोरा सर्वोच्चतावादीको भत्सर्ना गरेका थिए।

तर मंगलबार न्यू योर्कमा उनले बामपन्थी समर्थकहरुको कडा आलोचना गरे।

उनले विज्ञप्ति जारी गर्न लगाएको समयको बचाउ गर्दै तथ्य संकलन गर्न समय लागेकाले त्यसो भएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अति वामपन्थी

शनिबार श्यार्लोट्सभीलमा अति दक्षिणपन्थीहरु विरुद्ध भएको प्रदर्शनक्रममा ३२ वर्षीय हेदर हेयरको मृत्यु भएको थियो र १९ जनालाई चोटपटक लागेको थियो।

ट्रम्पले भने- ती कार चालक उनकालागि र देशकालागि दुर्भाग्य थियो।

एकजना पत्रकारसँगको भनाभनमा ट्रम्पको जवाफ थियो, “ठिक छ अति दक्षिणपन्थीहरुलाई उक्साउने अति बामपन्थीहरुबारे चाहिँ के भन्ने? के उनीहरुमा दोषको अलिकतिमात्र महशुस थियो?”

दक्षिणपन्थी समूहहरुले अमेरिकी गृहयुद्धका बेला दासता समर्थक संघीय फौजहरुको नेतृत्व गरेका जनलर रोबर्ट इ लीको मूर्ति हटाइएको प्रति विरोध आयोजना गर्दै आएका छन्।

सोमबार ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपतिले भनेका थिए, “कु क्लस क्ल्यान, नव नाजी र गोरा सर्वोच्चतावादीहरु सबै अमेरिकीहरुकालागि प्रिय मान्यताका विरोधी हुन्।”

भर्त्सना

तर मंगलबार ट्रम्प टावरमा आयोजित नराम्रो भनाभन भएको प्रेस सम्मेलनमा उनले भने, “मूर्तिका पक्षधरहरुमा कैयौं असल मानिस पनि छन्।”

बरिष्ठ रिपब्लिकन नेताहरुले राष्ट्रपति ट्रम्पले श्यार्लोट्सभीलमा भएको प्रतिक्रियाको भर्त्सना गरेका छन्।

सभामुख पल रायनले ट्वीटमा भने- श्वेत सर्वोच्चता भन्ने कुरा हुँदैन भन्नेमा कुनै पनि नैतिक अन्यौल हुन सक्दैन।

राष्ट्रपतीय मनोनयनमा ट्रम्पका एकजना रिपब्लिकन प्रतिस्पर्धी मार्को रुबियोले लेखेका छन्- हामी त्यो पुरानो दुष्टतालाई पुन: प्रकट हुन दिन सक्दैनौं।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com