अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि ८ बर्ष ७ महिना


प्रकाशित मिति : असार ३१, २०८० आईतबार

अमेरिकाको ग्रिनकार्ड

यदि तपाईले आफ्ना परिवारका सदस्यहरुका लागि परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्नुभएको छ र तपाईको आवेदन युएसीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा भिसा करेन्ट हुनका लागि प्रतिक्षारत छ भने तपाईलाई अझै कतै समय लाग्ला भनेर उत्सुकता हुनसक्छ । अगस्तका लागि जारी भिसा बुलेटिनले यसको जवाफ दिएको छ ।

अगस्तको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउनका लागि लाग्ने अवधि ८ बर्ष ७ महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ सेप्टेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई अगस्तमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी ग्रिनकार्डवाहकका २१ बर्ष नपुगेका छोराछोरी र दम्पत्तिका सन्दर्भमा भने अगस्तमा पनि भिसा करेन्ट रहेको छ । नेशनल भिसा सेन्टरले कुनै समय प्रतिक्षा नगरी भिसा प्रकृया अगाडि बढाउनेछ भने अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा पनि युएससीआईएसले कुनै समय प्रतिक्षा नगरी सरासर ग्रिनकार्डको प्रकृया अगाडि बढाउनेछ । यद्यपी अमेरिकी ग्रिनकार्डवाहकका २१ बर्ष नपुगेका छोराछोरी र दम्पत्तिका सन्दर्भमा पनि ग्रिनकार्ड पाउने लाग्ने अवधि अगस्तमा ५ बर्ष १० महिना रहेको छ ।

तर ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीका लागि भने प्रतिक्षा अवधि लामो रहेको छ । उनीहरुका लागि ग्रिनकार्ड पाउने लाग्ने अवधि ७ बर्ष ११ महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ जनवरी २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई अगस्तमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका लागि पनि ग्रिनकार्ड पाउने लाग्ने अवधि निकै लामो छ । अगस्तको भिसा बुलेटिन अनुशार यो अवधि १४ बर्ष ८ महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ मार्च २०१० भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई अगस्तमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि १६ बर्ष ४ महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ मार्च २००८ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई अगस्तमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ ।

अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा भने १ सेप्टेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति हुने अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरु, १ जनवरी २०१७ भन्दा अगाडि प्राथमिकता मिति हुने ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरु, १ मार्च २०१० भन्दा अगाडि प्राथमिकता मिति हुने अमेरिकी नागरिकका विवाहित छोराछोरी र १ मार्च २००८ भन्दा अगाडि प्राथमिकता हुने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले अगस्तमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com