एकबर्षमा २५३६ नेपालीले पाए रोजगारमा आधारित ग्रिनकार्ड, असाधारण क्षमताको ग्रिनकार्ड पाउने ९९


प्रकाशित मिति : श्रावण ५, २०८० शुक्रबार

गत आर्थिक बर्ष २०२२ मा २५३६ जना नेपालीहरुले रोजगारमा आधारित अमेरिकाको आप्रवासी भिसा र ग्रिनकार्ड प्राप्त गरेका छन् । यो संख्या अघिल्लो बर्षको तुलनामा उल्लेख्य बृद्धि हो । अघिल्लो बर्ष २०२१ मा १६५२ जना नेपालीहरुलेमात्र रोजगारमा आधारित अमेरिकाको आप्रवासी भिसा र ग्रिनकार्ड प्राप्त गरेका थिए ।

२०२२ मा ९९ जना नेपालीहरुले अमेरिकाको रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड ईबी वान अन्तरगत आप्रवासी भिसा र ग्रिनकार्ड प्राप्त गरेको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । यो संख्या दूतावासहरुबाट भिसा लिएर आउनेहरु र अमेरिकामा नै स्टाटस एडजस्ट गर्नेहरुको हो । यीमध्ये अमेरिकी दूतावासबाट भिसा लगाएर आउनेहरु ५७ जना थिए भने बाँकीले अमेरिकामा नै एडजस्ट गरेका थिए । यो श्रेणीमा ग्रिनकार्ड पाउने विज्ञान, कला, शिक्षा, विजनेश खेलकुद लगायतका क्षेत्रमा असाधारण योग्यता भएको प्रमाणित गर्नुपर्छ । साथै उत्कृष्ट प्रोफेशर र शोधकर्ताहरु तथा निश्चित बहुराष्ट्रिय प्रबन्धक र कार्यकारीहरुले पनि यो श्रेणीमा ग्रिनकार्ड पाउनसक्छन् ।

रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्ड र आप्रवासी भिसा पाउने नेपालीहरु गतबर्ष १०२७ रहेका थिए । यीमध्ये अमेरिकी दूतावासबाट भिसा लगाएर आउनेहरु ४८ जना थिए भने बाँकीले अमेरिकामा नै एडजस्ट गरेका थिए । यो श्रेणीमा ग्रिनकार्ड पाउन एड्भान्स डिग्री भएकाहरु योग्य हुन्छन् । त्यस्तै विज्ञान, कला वा व्यवसायमा असाधारण क्षमता भएकाहरु पनि यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तेश्रो श्रेणीको स्कील्ड ग्रिनकार्ड र आप्रवासी भिसा पाउने नेपालीहरु १११८ रहेका थिए । यीमध्ये अमेरिकी दूतावासबाट भिसा लगाएर आउनेहरु २८६ जना थिए भने बाँकीले अमेरिकामा नै एडजस्ट गरेका थिए । यो श्रेणीमा ग्रिनकार्ड पाउनका लागि दक्ष कामदार हुनुपर्छ वा पेशाकर्मी हुनुपर्छ ।

तेश्रो श्रेणीको अन स्कील्ड ग्रिनकार्ड र आप्रवासी भिसा पाउनेहरु भने जम्मा १९८ जना थिए । यीमध्ये अमेरिकी दूतावासबाट भिसा लगाएर आउनेहरु ४७ जना थिए भने बाँकीले अमेरिकामा नै एडजस्ट गरेका थिए । यो श्रेणीमा कुनै दक्षता नभएकाहरुले पनि ग्रिनकार्ड प्राप्त गर्न सक्छन् । २ बर्षभन्दा कमको अनुभवले पनि काम गर्ने साधारण कामबाट यो ग्रिनकार्ड प्राप्त गर्न सकिन्छ । जसमा डिसवासर वा अन्य त्यस्तै प्रकारका कामहरु समेत पर्छन् ।

रोजगारमा आधारित चौथो श्रेणीको ग्रिनकार्ड र आप्रवासी भिसा पाउने नेपालीहरु ९४ जना थिए । यीमध्ये अमेरिकी दूतावासबाट भिसा लगाएर आउनेहरु ५८ जना थिए भने बाँकीले अमेरिकामा नै एडजस्ट गरेका थिए । यो श्रेणीमा ग्रिनकार्ड पाउनका लागि धार्मिक कार्यकर्ता, विशेष आप्रवासी, जीफोर अन्तर्राष्ट्रिय संगठन वा नाटो ६ का कर्मचारी वा रिटायर्डहरु, विदेशमा रहेका अमेरिकी सरकारका कर्मारीहरु, अमेरिकी सशस्त्र बलका सदस्यहरु लगायत योग्य हुन्छन् । पाँचौ श्रेणीमा भने कसैले पाएनन् । यो श्रेणीमा ग्रिनकार्ड पाउनका लागि अमेरिकामा मोटो रकम लगानी गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com