अगस्तमा रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट नहुने


प्रकाशित मिति : असार ३०, २०८० शनिबार

अमेरिकामा आगामी अगस्तमा रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट नहुने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिनको फाइनल एक्सन मितिलाई आधार मान्दै युएससीआईएसले जारी गरेको फाइलिङ चार्ट अनुशार रोजगारमा आधारित कुनै पनि श्रेणीको भिसा करेन्ट नहुने भएको हो । अर्थात् अगस्तमा रोजगारमा आधारित कुनै पनि श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न नपाइने भएको छ ।

रोजगारमा आधारित पहिलो श्रेणीको अर्थात् एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड ईबीवानका लागि अगस्त १ भन्दा अगाडिमात्र आई १४० आवेदन दिएकाहरुले अगस्तामा ग्रिनकार्डका लागि आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । दोश्रो श्रेणी ईबी टुका लागि सन् २०२२ को अप्रिल १ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मात्र ग्रिनकार्ड फाइल गर्न पाउनेछन् वा विदेशमा हुनेहरुका सन्दर्भमा त्यही अनुशार नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउनेछ ।

तेश्रो श्रेणीको स्कील्ड र नन स्कील्ड दुबैका लागि सन् २०२० को मे १ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र अगस्तमा ग्रिनकार्ड फाइल गर्न पाउनेछन् । चौथो श्रेणीका सन्दर्भमा र धार्मिक कामदारका सन्दर्भमा सन् २०१८ को सेप्टेम्बर १ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र अगस्तमा ग्रिनकार्ड आवेदन आई ४८५ युएससीआईएसमा पेश गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आई १४० विचाराधिन रहेको अवस्थामा समेत ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरिसकेपछि आवेदकले अमेरिकामा अन्य भिसाको बैध स्थीति कायम राखिरहनुपर्ने बाध्यता रहँदैन । आई ४८५ फाइल गरिसकेपछि आवेदन विचाराधिन रहँदासम्म वर्क परमिट प्राप्त गर्न, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न र एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गर्न समेत सकिन्छ । तर कुनै पनि श्रेणीमा भिसा करेन्ट छैन भने आई ४८५ फाइल नगर्दासम्म आवेदकको अमेरिकाका गैरकानुनी उपस्थीति हुनु हुँदैन ।

भिसा बुलेटिनमा रोजगारमा आधारित पहिलो श्रेणीको फाइलिङ मिति करेन्ट रहेपनि र अन्य श्रेणीका लागि फाइलिङ मितिको प्राथमिकता मिति छोटो रहेतापनि युएससीआईएसले भिसा बुलेटिनको अन्तिम मितिलाई फाइलिङ मितिका रुपमा स्वीकार गरेको छ । जसका कारण अमेरिकाभित्र हुने आवेदकहरुले ग्रिनकार्डका लागि फाइल गर्न र बाहिर हुने आवेदकले ग्रिनकार्ड प्राप्त गर्न अतिरिक्त समय कुर्नुपर्ने भएको छ ।

अगस्तमा रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्डका लागि आवेदकले आई १४० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ दिन पाउने छैनन् । यद्यपी रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड फाइल गर्नेहरुले जुलाईमा नै फाइल गरेको खण्डमा भने आई १४० आवेदनका साथ ग्रिनकार्ड आवेदन पनि दिन पाउनेछन् । त्यसैले रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन तयार भएका र एकसाथ ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न चाहनेहरुले जुलाईमा नै आवेदन दिनु उपयुक्त हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com