टोरन्टोबाट उडेको विमानमा ट्वाइलेटको ढोका फुटाउने र दुर्व्यवहार गर्ने नेपालीविरुद्ध मुद्दा दर्ता


प्रकाशित मिति : असार २७, २०८० बुधबार

टोरन्टोबाट उडेको एयर इन्डियाको विमानमा ट्वाइलेटको ढोका फुटाउने र दुव्र्यवहार गर्ने नेपालीविरुद्ध मुद्दा दायर गरिएको छ । दिल्ली प्रहरीले एयर इन्डियाको विमान भित्रको क्याबिन क्रू सदस्यलाई दुर्व्यवहार गरेको र शौचालयको ढोका तोडेको आरोपमा एक नेपाली नागरिकविरुद्ध मुद्दा दर्ता गरेको अधिकारीहरूले बताएका छन्।

क्याबिन सुपरभाइजर आदित्य कुमारका अनुशार क्यानडाबाट विमान उडेको केहीबेरमा नै नेपाल निवासी महेश सिंह पण्डित नामका यात्रुले आफ्नो सिट २६ ई बाट २६ एफमा परिवर्तन गरी इकोनोमी क्लासका चालक दलका सदस्यलाई दुर्व्यवहार गर्न थालेका थिए ।

पण्डितले चालक दलका सदस्यहरूलाई दुर्व्यवहार गर्न थालेपछि उनीहरूले पाइलटलाई कमाण्डमा जानकारी दिएको र उनलाई मौखिक चेतावनी दिएको आदीत्य कुमारले उजुरीमा उल्लेख गरेका छन् । विमानमा लन्च सेवा पछि धुवाँको अलार्म बजेको थियो । शौचालयको ढोका खोल्दा पण्डितको हातमा लाइटर थियो भने त्यहाँबाट चुरोटको धुँवाको गन्ध आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘जब मैले यात्रुको अगाडि ढोका खोलें, उनले मलाई पछाडि धकेले र आफ्नो सिटतिर दौडे। जब मैले उसलाई रोक्न खोजें, उनले मलाई धकेलेर गाली गर्न थाले । पछि उनले ट्वाइलेटको ढोका पनि फुटाए । त्यसपछि मैले कप्तानलाई तुरुन्तै जानकारी गराएँ र कप्तानको निर्देशन अनुसार केबिन क्रु पुनित शर्मा र अन्य यात्रुको सहयोगमा हामीले उनलाई मापदण्ड अनुसार रोक्ने प्रयास गर्यौं’, आदीत्य कुमारले बताएका छन् ।

क्याबिन सुपरभाइजरले आफ्नो एफआईआरमा अन्य १० यात्रुको सहयोगमा आरोपित यात्रुलाई रोक्न सफल भएको पनि उल्लेख गरेका छन् । पण्डितले यात्रुलाई पनि कुटपिट गर्न खोजेको जानकारी पाएको कर्मचारीहरुले जनाएका छन् ।

‘१० जना यात्रु र दुई जना केबिन क्रुको सहयोगमा हामीले अभियुक्त यात्रुलाई सफलतापूर्वक नियन्त्रणमा लियौं। त्यसपछि म आफ्नो छुट्याइएको प्रथम श्रेणीमा फर्किएँ तर उनले यात्रुलाई कुट्ने प्रयास समेत गरिरहेको जानकारी पायौं’ सुपरभाइजरले भने ।

दिल्ली पुलिसले आईजीआई पुलिस स्टेशनमा भारतीय दण्ड संहिताको धारा ३२३, ५०६, ३३६ तथा एयरक्राफ्ट नियम २२, २३ र २५ अन्तर्गत मुद्दा दर्ता गरेको छ। घटनापछि दिल्ली विमानस्थलमा प्रहरीले पण्डितलाई पक्राउ गरेको थियो । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com