विगतमा कोटा अनुशार जारी नभएका २३०,००० ग्रिनकार्ड जारी गरिने भारतीय मिडियाको समाचार भ्रामक


प्रकाशित मिति : असार २६, २०८० मंगलबार

ग्रिनकार्ड रिक्याप्चर सिफारिसको समाचारलाई केही भारतीय सञ्चारमाध्यमले अमेरिकी सरकारबाट विगतमा कोटा अनुशार जारी नभएका ग्रिनकार्ड अब जारी गरिने अर्थात् ग्रिनकार्ड रिक्याप्चर गर्न अनुमोदन भएको तरिकाले रिपोर्ट गरेका छन् । जुन भ्रमपूर्ण रहेको छ । ग्रीन कार्ड रिक्याप्चरको सिफारिस व्हाइट हाउसका लागि गरिएको सिफारिसमात्र हो । यसलाई युएससीआईएस वा अमेरिकी विदेशमन्त्रालयबाट अनुमोदन गरिएको छैन। कार्यान्वयन गर्ने कुनै योजना पनि युएससीआईएसले सार्वजनिक गरेको छैन ।

अमेरिकी राष्ट्रपतिका विभिन्न सल्लाहकार आयोगहरु रहेकोमा त्यसमध्येको एक एसियन अमेरिकन, नेटिभ हवाईयन र प्यासेफिक आइल्याण्डर सल्लाहकार आयोगले यस्तो सिफारिसका लागि मतदान गरेको थियो । राष्ट्रपतिको सिफारिस समितिले ह्वाइट हाउसलाई मात्र सुझाव दिन्छ । स्वीकार गर्ने र कार्यान्वयन गर्ने कुरा उनीहरूमा निर्भर हुन्छ। उनीहरूले प्रत्येक वर्ष यस्ता धेरै सिफारिसहरू गर्छन् तर धेरै लागू हुँदैनन्। ग्रीन कार्ड रिक्याप्चर गर्ने यो विशेष सुझाव पहिले पनि गरिएको थियो तर अमेरिकी सरकारले लागू गरेको छैन।

भारतीय सञ्चारमाध्यमको हेडलाइनबाट अलमल नपर्नुहोला । तिनीहरूले सम्प्रेषण गरिरहेका सन् १९९२ देखि कोटा अनुशार जारी नभएका झण्डै २ लाख ३० हजार ग्रिनकार्ड जारी गर्ने विषय अनुमोदन भएको तथा कार्यान्वयनको लागि मात्र पर्खिरहेका समाचारहरु गलत रहेका छन् । इकोनोमिक टाइम्स, हिन्दुस्तान टाइम्स, द हिन्दू, विओन, बिजनेश स्ट्यान्डर्ड आदि सहितका भारतीय समाचार संचारमाध्यमहरुले यसलाई हेडलाइन बनाएका छन्।

एसियन अमेरिकन, नेटिभ हवाईयन र प्यासेफिक आइल्याण्डर सल्लाहकार आयोगले केवल सिफारिसलाई मात्र अनुमोदन गरेको छ । यो ह्वाइट हाउस वा अमेरिकी सरकारलाई कार्यान्वयन गर्न बाध्यकारी छैन। युएससीआईएस वा अमेरिकी सरकारका कुनै निकायले पनि विगतमा कोटा अनुशार जारी नभएका ग्रीन कार्डहरू जारी गर्नेबारे केही बताएका छैनन् । यदि त्यस्तो सुचना भविश्यमा जारी गरेको खण्डमा खसोखासले अपडेट गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के हो ग्रिनकार्ड रिक्याप्चर ?

अमेरिकामा हरेकर्ष रोजगारमा आधारित ग्रिनकार्डका लागि १ लाख ४० हजारको कोटा रहेको छ । त्यस्तै परिवारमा आधारित ग्रिनकार्डका लागि पनि बार्षिक कोटा रहेको छ । यही कोटा अनुशार अमेरिकी सरकारले ग्रिनकार्ड र आप्रवासी भिसाहरु जारी गर्छ । कुनै बर्षमा युएससीआईएस वा नेशनल भिसा सेन्टरले तोकिएको कोटा अनुशार ग्रिनकार्ड र भिसाको प्रकृया अगाडि बढाउन नसक्दा कममात्र ग्रिनकार्ड जारी हुने भएकाले बाँकी नम्बर खेर जाने वा अर्कोबर्षका लागि थपिने हुन्छ । यसरी कोटा अनुशार ग्रिनकार्ड जारी गर्न नसक्दा प्रयोग नभएका नम्बरहरु जोडेर अतिरिक्त ग्रिनकार्ड जारी गर्नका लागि आयोगले सिफारिस गरेको हो । विगतमा जारी हुन बाँकी रहेका ग्रिनकार्डको संख्या जोडेर पुन जारी गरिने प्रकृयालाई रिक्याप्चर भनिन्छ ।

आप्रवासन र राष्ट्रियता ऐनको धारा २०१ ले परिवारमा आधारित ग्रिनकार्डको नम्बर २ लाख २६ हजार सेट गरेको छ भने रोजगारमा आधारित ग्रिनकार्डको सिमा १ लाख ४० हजार सेट गरेको छ । धारा २ ले यो नम्बरबाट हरेक देशका लागि परिवारमा आधारित र रोजगारमा आधारित ग्रिनकार्डको सिमा ७ प्रतिशत सेट गरेको छु, जुन लगभग २५ हजार ६ सय २० हो ।

अमेरिकी विदेश मन्त्रालयले चालु आर्थिक बर्षका लागि रोजगारीमा आधारित ग्रिनकार्डको वार्षिक सीमा लगभग १ लाख ९७ हजार हुने अनुमान गरेको छ । आर्थिक बर्ष २०२२ मा जारी नभएका परिवारमा आधारित ग्रिनकार्डको संख्या यसबर्ष रोजगारमा आधारित ग्रिनकार्डका लागि जोडिएको हो, जुन संख्या झण्डै ५७ हजार रहेको थियो । चालु आर्थिक बर्षमा भने युएससीआईएस र अमेरिकी विदेश मन्त्रालयले मार्च ३१ सम्ममा १ लाख १० हजार रोजगारमा आधारित ग्रिनकार्ड र आप्रवासी भिसा जारी गरेका थिए ।

आर्थिक बर्ष २०२२ का लागि परिवारमा आधारित ग्रिनकार्ड जारी गर्ने कोटा २ लाख २६ हजार रहेकोमा उक्त आर्थिक बर्षको अन्तिम सम्ममा जम्मा १ लाख ६८ हजार ९ सय १७ ग्रिनकार्डमात्र जारी गरिएको थियो । आर्थिक बर्ष २०२२ का लागि रोजगारमा आधारित ग्रिनकार्ड जारी गर्ने कोटा २ लाख ८१ हजार ५ सय ७ रहेको थियो । त्यसमध्ये प्राय सबै संख्या प्रयोग गरिएको थियो । ६ हजार ३ सय ९६ रोजगारमा आधारित पाँचौं श्रेणीको संख्या भने संसदले अर्को बर्षका लागिपनि प्रयोग गर्न अनुमति दिएको थियो ।

परिवारमा आधारित ग्रिनकार्ड तोकिएको संख्यामा जारी हुन नसकेमा बाँकी रहेको संख्या अर्कोबर्षका लागि रोजगारमा आधारित ग्रिनकार्डको कोटामा जोडिन्छ । तर यसरी जोडिएको संख्या पूरै प्रयोग नभएमा वा सबै संख्यामा ग्रिनकार्ड जारी हुन नसकेमा भने खेर जानेगर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com