युरोपबाट ४० हजार कामदारको माग छ, पठाउन सक्ने अवस्था छैन : मेघनाथ भुर्तेल (अन्तर्वार्ता)


प्रकाशित मिति : असार २५, २०८० सोमबार

नेपालीहरु रोजगारीको लागि विदेशिने क्रम दिन प्रतिदिन बढ्दो छ । रोजगारीको लागि खाडी मुलुक जाने नेपालीहरु पछिल्लो समय यूरोपियन मुलुकमा आर्कषित बनेको पाइन्छ । तर, युरोपका अधिकांश देशमा नेपाली दूतावास नहुँदा र म्यानपावरहरुले पनि संस्थागत रुपमा नपठाउँदा नेपालीहरु ठगीन पुगेका छन् । युरोपका विभिन्न मुलुकबाट नेपाली कामदारको माग, प्रक्रिया, समस्या लगायतका विषयमा नेपाल वैदेशीक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलसँग खसोखासका लागि सुरज घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

-पछिल्लो समय नेपाली कामदारहरु युरोपियन मुलुक जाने ट्रेन्ड नै चलेको देखिन्छ । यी मुलुकहरुले कतिको संख्यामा नेपाली कामदार मागिरहेका छन् ?
अहिलेको बजारमा युरोपियन मुलुकबाट ४० हजार बढी कामदारको माग पत्र छ । रोमानिया, पोर्चुगल, माल्टा, पोल्यान्ड लगायतका देशबाट ४० हजार नेपाली कामदारको माग आएको छ । हामी व्यवसायीहरु पनि नेपालीहरुलाई काम गर्न खाडी मात्रै पठाउने होइन्, खाडी मुलुकमा गएर सीप लिएर आएका नेपालीहरुलाई युरोप जान दिने अवसर दिनुपर्छ भन्ने पक्षमा छौं ।

– अहिले नेपालबाट युरोप जान सहज वातावरण बनेको हो ?
वैदेशिक रोजगार ऐन २०६४ हाम्रा नेपाली दिदीबहिनी तथा दाजुभाइहरु खाडी मुलुक मात्रै जाने हुन् भन्ने परिकल्पना गरेर बनाइएको जस्तो छ । ऐनको दफा १५ मा अनिवार्य माग पत्र प्रमाणिकरण भनिएको छ । नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई बैदेशिक रोजगारीको लागि संस्थागत रुपमा पठाउने हो भने माग पत्र प्रमाणिकरण नगरि पठाउँन पाउँदैन् । त्यो भन्दा बाहेक पठाएको अवैध हुन्छ । व्यवसायीलाई त्यसरी पठाउने अधिकार छैन् । अहिले व्यवसायीहरुले मार्केटिंग गर्दै जाँदा जुन युरोपियन मुलुकमा नेपाली दुतावास छ, जहाँबाट मागपत्र प्रमाणिकरण हुन सक्छ, ती मुलुकहरुमा आफ्नो बजारलाई प्रबर्धन गर्न मागहरु हेर्ने हो भने केही प्रतिशत गएको देखिन्छ ।

– नेपाली दूतावास नै नभएको युरोपियन देशमा पनि नेपालीहरु पुगेका छन् । म्यानपावर व्यवसायीहरुलाई अवैध रुपमा काम गर्ने छुट मिलेको हो ?
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका ९ सय हराहारीमा सदस्यहरु छन्, ती व्यवसायीहरुले कानूनी रुपमा मागपत्रहरु प्रमाणिकरण नगरि विदेश पठाउन पाउँदैन् र पठाउँदैन पनि । अहिले गएकाहरु संस्थागत रुपमा गएनन् । अनि ठगीमा परिरहेका छन् त्यसले गर्दा कानून बमोजिम संस्थागत रुपमा जाने वातावरण मिलाउनुपर्छ । सरकारले त्यसको सहजीकरण गरिदिनुपर्यो । राज्यमा कर र रेमिट्यान्स पनि आउने भयो । राज्यलाई पनि फाइदा हुने भने । त्यसरी जानेहरुको रेकर्ड पनि हुन्छ र विदेशमा अलपत्र परे भने राज्यलाई खोज्न पनि सजिलो भयो र व्यवसायी पनि जवाफदेही हुने भएँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल वैदेशीक रोजगार व्यवसायी संघका महासचिव भुर्तेल

– यसरी अवैध तरिकाले नेपालीहरु यूरोप जाँदा झन जोखिम बढ्यो त ?
युरोपियन मुलुकको माग पत्र प्रमाणीकरण नभएको कारणले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु त्यहाँ जानबाट बञ्चित हुनुभएको छ । जसले गर्दा अवैध बाटो प्रयोग गर्नुपरेको छ । कुनै राज्यको रेकर्ड नभइ अवैध तरिकारले जानुपरेको छ । त्यसले गर्दा ती व्यक्तिहरु अलपत्रमा परेका हुन्छन्, त्यसको दोष म्यानपावर व्यवसायीलाई आइरहेको छ । हामीले राज्यलाई स्पष्ट रुपमा भनेका छौं । ऐन परिमार्जन हुनुपर्यो, सम्बिन्धत युरोपियन मुलुकमा नेपाली दूतावासको व्यवस्था मिलाइनुपर्यो, संस्थागत रुपमा जाने वातावरण बनाइदिनुपर्यो । तब मात्रै संस्थागत रुपमा जाने कामदारहरु सुरक्षित हुन्छन् ।

– सहज तरिकाले संस्थागत रुपमा युरोप जाने परिपार्टी कहिले सिर्जना हुन्छ ?
वैदेशिक रोजगारीमा श्रमिक पठाउन म्यानपावर कम्पनीहरूले सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाट कामको माग पत्र प्रमाणीकरण अनिवार्य रूपमा गराउनुपर्छ । यसका लागि ‘वैदेशिक रोजगार सम्बन्धी माग पत्र जाँचबुझ निर्देशिका, २०७५’ कार्यान्वयनमा छ । माग पत्र प्रमाणीकरण गर्दा देखिएका विविध समस्यालाई मध्यनजर गरी नेपाली नियोग नभएको मुलुकबाट प्राप्त हुने श्रमिकको माग पत्र नेपालबाटै प्रमाणीकरण गर्ने व्यवस्था मिलाउने उद्देश्यले उक्त निर्देशिका संशोधन गरिएको थियो । उक्त संशोधन मस्यौदाबारे परराष्ट्र मन्त्रालयलाई राय सहमतिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्र पठाएको पनि बुझिएको छ । तर, हामीले सरकारलाई सुझाव दिइरहेका छौं, सरकारले सोँचेर रिजल्ट निकाल्ने तयारीमा छ । संभवत्, त्यो एउटा निर्णय आउन सक्छ । यदी त्यो निर्णय भएर आयो भने नेपाली दिदीबहिनी तथा दाजुभाइहरु जो युरोपियन मुलुकमा जान चाहानहुन्छ, उहाँहरुलाई बाटो खुल्छ ।

– अन्यन्त्र देशमा जाने नेपाली कामदारहरुलाई म्यानपावर कम्पनीले ठगे भन्ने गुनासा आइरहन्छन् । तपाइँहरुले नियमनमा चासो नदेखाएको हो ?
म्यानपावर व्यवसायी प्रति नेपाली समाजको बुझाइँ नै गलत छ । म्यानपावर व्यवसायीले कहिले पनि ठगी गर्दैन् । म्यानपावर व्यवसायी राज्यलाई कर तिरेर, राज्यलाई धरौटी राखेर कानूनको परिधिभित्र रहेर काम गर्ने व्यवसायीहरु हुन । म्यानपावर भनेर यति दुर्गन्धित भइसक्यो कि हामी त म्यानपावरको नाम नै परिवर्तन गर्ने पक्षमा छौं । म्यानपावर भनेको एक देशबाट अर्कोदेश जाने नागरिकलाई काम गर्न पुलको माध्यम मात्रै हो । म्यानपावर व्यवसायीलाई राज्यको कानून भित्र बसेर ठगी गर्न पाउँदैन् । जसले विभिन्न कन्सल्टेन्सी, ट्राभल एजेन्सी, होटेल लगाएतको माध्यमबाट जसले काम गरिरहेको हुन्छ, आम नेपाली जनमानसमा विदेश गएर अलपत्रमा परियो, ठगीयो भन्ने बित्तिकै म्यानपावर व्यवसायीको नाम आउँछ । वैदेशिक रोजगार विभागको अहिलेको आर्थिक वर्षको मुद्धा हेर्ने हो भने पनि वैदेशिक रोजगारीमा संस्थागत रुपमा गएकाहरुको उजुरी र व्यक्तिगत रुपमा आएको उजुरी छुट्याउनुपर्ने हुन्छ । म्यानपावर व्यवसायीमा जुन भाषा बोलिएको छ, यसलाई परिवर्तन गर्नुपर्छ ।

नेपाल वैदेशीक रोजगार व्यवसायी संघका महासचिव भुर्तेल

-फेक डकुमेन्ट बनाइदिएर कम्पनीले कामहरुलाई काठमाडौंका होस्टेलहरुमा बन्धक बनाएको घटनाहरु पनि उत्तिकै छन् । तपाइँहरुको ध्यान जाँदैन् ?

जुन म्यानपावर संस्थागत रुपमा सञ्चालित हुन्छ, त्यो बाट फेक नै हुँदैन् । संस्थागत रुपमा काम गर्ने म्यानपावरको सबै काम तालिका अनुसार हुन्छ । भिषा आएपछि प्रक्रिया हुन्छ त्यसको । ओरेन्टेशन, मेडिकल, इन्सोरेन्स, श्रम स्वीकृति लगाएतका प्रक्रिया पुरापछि मात्रै उक्त म्यानपावरले आफ्नो काम अगाडी बढाउँछ । कतार जानुपर्यो भने कतारको क्युभिसी काठमाडौंबाट बाहिर अन्तः हुँदैन् । ओरेन्टेशन, मेडिकल, इन्सोरेन्स सबै काठमाडौं आएर गर्नुपर्ने हुन्छ । त्यसले गर्दा दुइ दिन या तिन दिन बढी कोही पनि बस्नुपर्दैन् । कामदारहरुलाई प्रोससको समय, यहाँ यतिदिन बस्नुपर्छ र यति दिनमा तपाईको उडान हुन्छ भनेरै बोलाइएको हुन्छ । कतिपय अवस्थामा, कम्पनीले सबै पक्रिया पुरा गरेर फलानो समयमा मेरो कामहरुलाई भीषा पठाइदिनुपर्यो भनेर भनेको हुन्छ । तर, यहाँबाट गइसकेपछि कामदाहरुलाई त्यहाँ बस्ने होष्टेल, उनीहरुको ट्रान्सफोर्ट, जागिर सुरु गर्दाको प्लेटफर्म सबै तयार हुनुपर्ने हुन्छ । कहिले काँही अपवादको रुपमा एकाध रुपमा केही घटनाहरु हुन्छन् । त्यो नमिलेको खण्डमा उनीहरुले ब्रेक गर्छ, यो समयमा पठाउनु भनेपनि यति समय पठाउनु भनिएको हुन्छ । छोटो समय भयो भने कामदारहरुलाई व्यवसायीले आफूले खर्च गर्ने गरि यही व्यवस्था गरिदिएको हुन्छ, लामो समय लाग्ने देखियो भने उहाँहरुलाई आउने जाने खर्च दिएर पठाएको हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com