अमेरिकी नागरिकता परीक्षा प्रणालीमा परिवर्तनहरू आउँदै, अंग्रेजी नराम्रो भएकाहरूका लागि चिन्ता


प्रकाशित मिति : असार २०, २०८० बुधबार

Photo by Khasokhas

अमेरिकी नागरिकता परीक्षा अद्यावधिक हुँदैछ । जसले नयाँ परिवर्तनहरूले अंग्रेजी प्रवीणता निम्न स्तर भएकाहरुका लागि समस्या हुनसक्नेबारे केही आप्रवासी र अधिकारकर्मीहरु चिन्तित भएका छन् । नागरिकता परीक्षण नागरिकता पाउने अन्तिम चरणहरू मध्ये एक हो । एक महिना लामो यो प्रक्रियाका लागि आवेदन दिनका लागि अमेरिकामा वर्षौंसम्म कानूनी स्थायी बसोबास चाहिन्छ।

पूर्व रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले २०२० मा अमेरिकी नागरिकता परीक्षा प्रणाली परिवर्तन गरेपछि धेरैजना अझै स्तब्ध छन् । किनभने ट्रम्पको परीक्षा प्रणालीले अमेरिकी नागरिकताको परीक्षा पास गर्न लामो र अझ गाह्रो बनाएको थियो । डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे पछि नागरिकतामा बाधाहरू हटाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यो भावनामा नागरिकता परीक्षा प्रणालीलाई उल्टाएर अघिल्लो संस्करणमा लगियो, जुन पछिल्लो पटक २००८ मा अद्यावधिक गरिएको थियो।

डिसेम्बरमा अमेरिकी अधिकारीहरूले अमेरिकी परीक्षा प्रणाली बर्षदेखि अपडेट नभएको भन्दै परिवर्तनका लागि काम गरेका छन् । नयाँ संस्करण अर्को वर्ष ढिलो सुरु हुने अपेक्षा गरिएको छ। युएससीआईएसले नयाँ परीक्षा प्रणालीमा अंग्रेजी सीपको मूल्याङ्कन गर्न बोल्ने खण्ड थप्ने प्रस्ताव गरेको छ। जस अन्तरगत अधिकारीले दैनिक गतिविधिहरू, मौसम वा खाना लगायतका सामान्य परिदृश्यका फोटोहरू देखाउनेछन् र आवेदकलाई फोटोहरू मौखिक रूपमा वर्णन गर्न लगाउनेछन् ।

फोटो: सुरेश शाही/ खसोखास

हालको परीक्षा प्रणालीमा एक अधिकारीले नागरिकताको अन्तर्वार्ताको क्रममा बोल्ने क्षमताको मूल्याङ्कन गर्दै आएका छन् । व्यक्तिगत प्रश्नहरूको जवाफमा नै आवेदकले आफ्नो अँग्रेजी बोल्ने क्षमता प्रकट गर्दै आएका हुन्छन् । केही आप्रवासीहरुले नयाँ प्रणाली अन्तरगत तस्बिरहरू हेरेर तिनीहरूलाई व्याख्या गर्न अझ गाह्रो हुनसक्ने बताएका छन् । युएससीआईएसका अधिकारीका अगाडि बोल्दा नर्भस हुनसक्नेबारे समेत आप्रवासीहरु चिन्तित छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्को प्रस्तावित परिवर्तनले हालको मौखिक छोटो उत्तर ढाँचाको सट्टा अमेरिकी इतिहास र सरकारको सन्दर्भमा धेरै विकल्पबाट एउटा जवाफ छान्न मिल्नेगरी खण्डको निर्माण गर्नेछ । उदाहरणका लागि हालको प्रश्नमा अधिकारीले आवेदकलाई १९०० को शतकमा अमेरिकाले लडेको युद्धको नाम सोध्न सक्छन् । आवेदकले पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध, कोरियाली युद्ध, भियतनाम युद्ध वा गल्फ युद्ध मध्ये एउटा जवाफ दिएमा उक्त जवाफ सही हुन्छ ।

तर प्रस्तावित नयाँ ढाँचामा आवेदकले उक्त प्रश्न पढेर दिइएका ४ विकल्पमध्येबाट एउटा सही जवाफ छनौट गर्नेछन् । एक सही जवाफ छनोट गर्नको लागि आवेदकले १९०० को शतकमा अमेरिकाले लडेका सबै पाँचवटा युद्धहरू जान्नै पर्छ र त्यसका लागि भाषा प्रवीणता र परीक्षा लिने सीप उल्लेखनीय रूपमा उच्च स्तरको हुनुपर्ने हुनसक्छ ।

हाल आवेदकले उत्तीर्ण हुनका लागि १० मध्ये छवटा प्रश्नहरूको सही जवाफ दिनुपर्छ। ती १० प्रश्नहरू १०० वटा प्रश्नहरूको बैंकबाट चयन गरिएका हुन्छन् । आवेदकलाई कुन प्रश्नहरू छनोट गरिनेछ भन्नेबारे जानकारी दिइदैन तर परीक्षा दिन अघि १ सय प्रश्नहरू हेर्न र अध्ययन गर्न सक्छन् । नागरिकता परीक्षाका लागि प्रस्तावित ढाँचाले अंग्रेजी साक्षरताको साथ संघर्ष गर्ने मानिसहरूका लागि नागरिकता परीक्षा गाह्रो बनाउन सक्ने विज्ञहरु बताउँछन् । यसमा शरणार्थीहरू, वृद्ध आप्रवासीहरू र अपाङ्गता भएका व्यक्तिहरू समावेश छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com