पशुपतिमा बिहानैदेखि भक्तजनको भीड


प्रकाशित मिति : श्रावण ३०, २०७४ सोमबार

काठमाडौँ, ३० साउन । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथमा दर्शन एवं पूजाका लागि भक्तजनको भीड लागेको छ ।

बिहान दुई बजेदेखि जम्मा भएका भक्तजनका लागि ३ः३० बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

साउन महिनाको अन्तिम सोमबार भएकाले अघिल्ला सोमबारभन्दा भक्तजनको भीड बढी रहेको कोषका निर्देशक एवं पशुपति मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले जानकारी दिनुभयो ।

पशुपति मन्दिरमा ३९० र वासुकी मन्दिरमा ११० जनाले विशेष पूजाका लागि रसिद काटेको उहाँले जानकारी दिनुभयो । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहान पशुपतिको दर्शन गर्नुभएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीेले अपराह्न ४ः३० बजे दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मध्याह्नसम्म पशुपतिमा दुई लाख भक्तजनले दर्शन गरिसकेका छन् । आज साउनको अन्तिम सोमबारसँगै श्रीकृष्ण जन्माष्टमी पनि परेकाले भक्तजनको भीड उल्लेख्य छ । विशेषगरी महिला भक्तजनको उपस्थिति रहेको छ । साउनको सोमबार विवाहित महिलाले व्रत बसी शिवालयमा पूजा गरी जल चढाएमा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

अविवाहित महिलाले व्रत गरे सोचेअनुरुपको वर प्राप्त हुने विश्वास पनि छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने व्रत महिला पुरुष दुवैले लिनुपर्ने बताउनुहुन्छ ।

साउन महिनाको सोमबार व्रत बसेका व्रतालुले अन्तिम सोमबार आज गोदान र पूर्णपात्र गरी व्रत समापन गर्छन् । साउनको अन्तिम सोमबार उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, हनुमानढोकास्थित मक्खनको सानो पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com