बाढीपहिरोमा ४९ को मृत्यु १ लाख प्रभावित


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

नेपालमा बाढी र पहिरोका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ । १७ जना हराइरहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । यो बिपत्तिमा १ लाख नेपालीहरु प्रभावित भएको रेडक्रसले जनाएको छ ।

चितवनको सौराहामा झण्डै ५ सय व्यक्ति फसेपछि उद्दारका लागि दर्जनौं हात्ति परिचालन गरिएको छ । सौराहाका केही होटलहरु डूबानमा पर्दा पर्यटकहरु फसेका छन् । जसमध्ये अधिकांश विदेशी छन् ।

चितवनमा प्रभावित क्षेत्रबाट पर्यटकहरुलाई हात्तिमा चढाएर खुल्ला क्षेत्र र विमानस्थलसम्म लगिएको छ ।

यसैबीच भारतको उत्तरी हिमाचल प्रदेशमा पनि पहिरोका कारण ४५ जनाको ज्यान गएको छ । पहिरोले दुईवटा बसहरु पुरेपछि उनीहरुको मृत्यु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com