प्रसूतिका लागि अस्पताल लैजाँदा गाडी डुब्यो, गर्भवतीसहित ६ को मृत्यु


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

– शिव पुरी

श्रावण २९, २०७४- रौतहटको परोरा गाउँपालिकाबाट प्रसूतिका लागि आउँदै गरेको गाडी राजपुर ३ स्थित डुबानमा पर्दा आइतबार बिहान गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालिका छन् ।

परोरा-३ का चन्दनकिशोर यादवकी श्रीमती २७ वर्षीया शर्मिला यादवको सुत्केरी गराउन बिहान राजपुर फरहदवास्थित स्वास्थ्य चौकी ल्याउँदै गर्दा सडकमा उनीहरु सवार गाडी डुबानमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दन, उनका गर्भवती श्रीमती शर्मिला, ३ वर्षीया छोरी छोटीकुमार यादव, आमा ५४ वर्षीया सुनिता यादव, काकी ३८ वर्षीया ललिता यादव र भाइ २५ वर्षीय सरोज यादवको मृत्यु भएका मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडाले जनायो । सुनितालाई सुत्केरी व्यथा लागेपछि बिएच२६एवाई १९३९ नम्बरको भारतीय टाटा सफारी जिपमा स्वास्थ्य चौकी ल्याउँदै गर्दा राजपुर ३ स्थित बाटोमा डुबानमा परेको हो ।

लगातारको वर्षापछि पानीको सतक बढेको र चालकले सडकमा पानीको अवस्था हेक्का राख्न नसक्दा डुबानमा परी मृत्यु भएको हुनसक्ने प्रहरीले जनायो । उनीहरुको शव घटनास्थलबाट बाहिर निकालिएको छ । लगातारको वर्षापछि रौतहटको अधिकांश भाग डुबानमा परेको छ । सदरमुकाम गौरलगायत क्षेत्र अहिले डुबानमा परेको छ । वर्षाले पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com