भारतमा भएको रेल दुर्घटनाप्रति अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुःख व्यक्त
प्रकाशित मिति : जेष्ठ २०, २०८० शनिबार
US President Joe Biden holds a joint press conference with Canada’s Prime Minister Justin Trudeau, not pictured, at the Sir John A. Macdonald Building in Ottawa, Canada, on March 24, 2023. (Photo by ANDREJ IVANOV / AFP)
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भारतको ओडिशामा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जो बाइडेन र जिल बाइडेन भारतमा भएको भीषण रेल दुर्घटनाबाट गहिरो दुःखी भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “हाम्रो समवेदना यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाउने र घाइते भएकाहरूप्रति छ। अमेरिका र भारतबीच गहिरो सांस्कृतिक सम्बन्ध छ, जसले यी दुई देशलाई एकताबद्ध गर्दछ। यस दुःखको घडीमा सम्पूर्ण अमेरिकाका जनता भारतका जनताको साथमा छन्।”
बालासोरमा शुक्रबार साँझ तीनवटा रेलहरू ठोक्किँदा अहिलेसम्म २८८ जनाको ज्यान गएको छ। अहिले दुर्घटनास्थलमा ट्र्याक मर्मतको काम भइरहेको छ ।






