जे लक्ष्य लिएर भारत गएको थिएँ, त्यो पूरा भएको छ – प्रधानमन्त्री प्रचण्ड


प्रकाशित मिति : जेष्ठ २०, २०८० शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ ।

नेपाल फर्कने क्रममा प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गर्नुभयो ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, पार्टीका नेता लगायतका स्वागत गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानस्थलमै भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारतसँग भएका मुख्य ७ वटा सम्झौतालाई वाचन गरेर सुनाउँदै आफ्नो भारत भ्रमण निक्कै फलदायी भएको दाबी गर्नुभयो । उहाँले आफूले जे लक्ष्य लिएर भारत गएको हो त्यो लगभग पूरा भएको दाबी गर्नुभयो ।

नेपालले भारतलाई बिजुली बेच्ने, सुक्खा बन्दरगाह, सीमा समस्याको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुराकानी भएको र संयुक्त पत्रकार सम्मेलनमा मोदीले दिएको प्रतिक्रियाबाट आफू उत्साहित भएको प्रचण्डको भनाइ छ । आफ्नो भ्रमणले दुई देशबीच विश्वासको वातावरण बनेको प्रचण्डले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com