प्रधानमन्त्री मोदीद्वारा रेल दुर्घटनास्थलको अवलोकन, पीडित परिवारलाई सहयोग गर्न आग्रह


प्रकाशित मिति : जेष्ठ २०, २०८० शनिबार

प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिशाको बालासोर पुगेर रेल दुर्घटनास्थलको अवलोकन गरेका छन्। उनले रेलमन्त्री अश्विनी वैष्णव केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानसँग जानकारी लिए।

समाचार एजेन्सी एनआईका अनुसार घटनास्थलबाट उनले क्याबिनेट सचिव र स्वास्थ्यमन्त्रीलाई फोन गरेर पीडित परिवारलाई सक्दो सहयोग गर्न आग्रह गरेका थिए। लगत्तै उनले अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए ।

अस्पताल पुगेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उक्त घटना सरकारका लागि गम्भीर रहेको उल्लेख गरे । मोदीले भने, ‘आफन्त गुमाएकाहरुको दुःखमा सरकार सहभागी छ । घटना सरकारका लागि निकै गम्भीर छ। हरेक किसिमको छानबिन गर्न निर्देशन दिइएको छ । दोषी पाइएमा कडा भन्दा कडा सजाय हुनेछ ।’

प्रधानमन्त्री मोदीले दुर्घटनामा गुमाएका परिवारका सदस्यहरुलाई फिर्ता ल्याउन नसके पनि उनीहरुको दुखमा सरकार साथमा रहेको बताएका छन् । दुर्घटनामा घाईते भएका परिवारका सदस्यहरुको उपचारको लागि सरकारले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोदीले घटनाको छानबिन गर्न निर्देशन दिइएको बताउँदै कोही दोषी ठहर भए कडा भन्दा कडा कारबाही गर्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com