उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारी वार्ता


प्रकाशित मिति : श्रावण २७, २०७४ शुक्रबार

सोल, २७ साउन । उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको समाचार छ ।

प्राप्त समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका सुरक्षा सल्लाहकार र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारबीच सो फोनवार्ता भएको हो ।

उहाँहरुबीच शुक्रबार फोनवार्ता भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसलाई उद्धृतगर्दै सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकार चुन यि योङले उहाँका अमेरिकी समकक्षी एचआर म्याकमास्टरसँग फोनवार्ता गर्नुभएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँहरुबीच करिब ४० मिनेटसम्म वार्ता भएको थियो । उहाँहरुले उत्तर कोरियाली अवस्थाको बारेमा कुराकानी गर्नुभएको ब्ल्यु हाउसले जनाएको छ ।

हालैका दिनमा उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणका विषयका साथै यसका कारण कोरियाली प्रायद्वीपमा जारी तनावका बारेमा सो फोनवार्तामा कुराकानी भएको थियो ।

उत्तर कोरियाले यदि यस्तो खालको क्षेप्यास्त्र परीक्षण गरेका त्यसका विरुद्धमा एक साथ लड्नेगरी आगामी दिनमा नियन्त्रणात्मक कार्यक्रमहरुको तयारी गर्ने बारेमा सो अवसरमा कुराकानी भएको बताइएको छ ।

यसैबीच दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका शङ्कास्पद र उत्तेजक क्रियाकलाप सीमा क्षेत्रमा पछिल्लो समयमा गरेको नभेटिएको बिहीबार मात्र जनाएको थियो ।

उत्तर कोरियाले फेरि पनि आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिण कोरियाले पछिल्लो समयमा निगरानी गरिरहेको जनाएको थियो । सोही अनुसार उसले बिहीबार उक्त कुरा जनाएको थियो ।

दक्षिण कोरियाली सेनाले बिहीबार सोलमा आयोजित नियमित पत्रकार सम्मेलनमा सीमा क्षेत्र र सामुद्रिक क्षेत्रमा पनि निगरानी गरिएको छ र उताबाट त्यस्तो कुनै उत्तेजक क्रियाकलाप भएको नदेखिएको बताएको हो ।

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका यी दुई देशबीच सत्रुतापूर्ण सम्बन्ध रही आएको छ ।

सन् २०१५ को अक्टोबरपछि यी दुई देशबीच कुनै वार्ता र दुवै देशका तर्फबाट कुनै प्रकारको वार्ता पनि भएको छैन ।

कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएर बसेका छन् ।

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने प्रयासस्वरुप पनि वार्ता र त्यसपछि पारिवारिक पुनर्मिलनको कार्यक्रम राखिएको भए पनि सो प्रस्तावको कुनै जवाफ उत्तरले दिएको छैन । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com