के भएको थियो २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा?


प्रकाशित मिति : जेष्ठ १५, २०८० सोमबार

२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो। आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई आरोप लागाइएको थियो।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको २०७२ भदौ २ मा बसेको बैठकले आन्दोलनपछि बन्ने प्रदेश सरकारले आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने, सहिद परिवारलाई आजीवन निशुल्क शिक्षा दिने र रोजगारी पनि उपलब्ध गराइदिने घोषणा गरेको थियो। मोर्चाले आन्दोलनमा सरिक हुने सर्वसाधारण प्रत्येकलाई ५ सय रुपैयाँ दिने र सरिक नभएमा एक सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गर्ने भनेको थियो।

प्रदर्शनकारीहरूले बरिष्ठ प्रहरी उपरिक्षक सहितको टोलीलाई खुर्पा, भाला, बञ्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरी हत्या गरेका थिए। कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिकामा दिउँसो भएको घटनामा परि मृत्यु हुनेहरूमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरिक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्द रहेका थिए । यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीलाई भने प्रदर्शनकारीहरूले जिउँदै जलाएर हत्या गरेका थिए। मृत्यु हुनेमा एक जना सशस्त्र प्रहरी हवल्दारका २ वर्षिय बालक टेकबहादुर साउद समेत रहेका थिए ।

मन्त्री परिषदको निर्णय पछि टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन भएको थियो । टिकापुर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मीहरू परिचालित गराइएका थिए। तनावग्रस्त क्षेत्र सुरक्षाकर्मीहरूको नियन्त्रणमा रहेको थियो। बरिष्ठ प्रहरी उपरिक्षक न्यौपाने तिन दिन देखी टिकापुर क्षेत्रमैँ शान्ति सुरक्षामा खटिएका थिए। प्रजिअ श्रेष्ठले आन्दोलनकारीहरू घरेलु हतियार सहित हजारौको सङ्ख्यामा टीकापुर प्रवेश गरी त्यहाँका सरकारी कार्यालयहरू माथि आक्रमण गर्ने जानकारी पाए पश्चात् एसएसपी न्यौपानेको टोली घटनास्थल पुगेको थियो। टीकापुरमा दिउसै देखि थप सुरक्षाबल परिचालन गरिएको थियो। टीकापुरको उत्तरतर्फबाट आइरहेको प्रदर्शनकारीहरूको भीडलाई प्रहरीले शिव मन्दिर नजिकबाट लखेटेको थियो । हजारौको सङ्ख्यामा प्रदर्शनकारीहरु आएका थिए। जिल्ला प्रशासन कार्यालय टीकापुरले विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। थारुवान संयुक्त सङ्घर्ष समितिले बिज्ञप्ती जारी गरी शान्तिपूर्ण आन्दोलनमा दमन भएको बताएका थिए। समितिले शान्तिपूर्ण आन्दोलनमा दमन गरेपछि हिंसात्मक घटना घटेको दावी गरेको थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली कैलाली क्षेत्र नम्बर १ को लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार रेशमलाल चौधरी ३४ हजार ३ सय ४१ मत ल्याउदै विजयी भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी बाम गठबन्धनकी मदनकुमारी शाह (गरिमा ) भन्दा २० हजार ९ सय ३५ मत अन्तरले हराउदै विजयी भएका थिए । वारेस मार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाली समक्ष आत्मसमर्पण गरेका थिए । जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए ।

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला र ११ जनालाई दोषी ठहर गरेको थियो । जिल्ला अदालत र उच्च अदालतबाट भएका फैसलालाई सर्वोच्च अदालतले जेठ २ गते सदर गरेको थियो। सर्वोच्च अदालतले रेशम चौधरीविरुद्धको जन्मकैदको फैसलालाई सदर गरेको दुई साता पनि बित्न नपाउँदै उनको सजाय माफी भएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com