अमेरिकी राष्ट्रपति बाइडेनद्वारा टर्कीका पुनः निर्वाचित राष्ट्रपति एर्दोगानलाई बधाई


प्रकाशित मिति : जेष्ठ १५, २०८० सोमबार

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान । तस्बिर : विकिपीडिया

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिनु भएको छ। बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गर्नु भएको छ ।

बाइडेनले ट्वीटमा लेख्नु भएको छ , ‘टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई उहाँ पुनस् निर्वाचित भएकोमा बधाइ । म द्विपक्षीय मुद्दाहरू र साझा विश्वव्यापी चुनौतीहरूमा नेटो सहयोगीहरूको रूपमा सँगै काम गर्न चाहान्छु ।’

आइतबार टर्कीको राष्ट्रपति चुनावमा एर्दोगान विजयी घोषणा भएपछि बाइडेनको उक्त टिप्पणी आएको हो। यत्यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिनु भएको छ।

ब्लिन्केनले ट्वीट गर्दे लेख्नु भएको छ- ‘राष्ट्रपति एर्दोगानलाई पुनस् निर्वाचित भएकामा यसले त्यहाँको लामो लोकतान्त्रिक परम्परालाई झल्काउँछ। टर्किए एक मूल्यवान नेटो सहयोगी र साझेदार हो। म सरकारसँग हाम्रो निरन्तर सहकार्यका लागि तत्पर छु।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै आफ्नो शासनलाई तेस्रो दशकसम्म लम्ब्याएको सीएनएनले जनाएको छ । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गर्नु भएको हो ।

एर्दोगानले २७,५१३,५८७ भोट वा खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गर्नु भएको सीएनएनले देशको सर्वोच्च निर्वाचन परिषद्ले जारी गरेको तथ्याङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसैबीच विपक्षी नेता केमाल किलिचदारोग्लुले २५,२६०,१०९ मत वा ४७.८६ प्रतिशत प्राप्त गर्नु भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com