युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ
प्रकाशित मिति : जेष्ठ १२, २०८० शुक्रबार
Ukrainian military personnel receive armoured manoeuvre training on German-made Leopard 2 battle tanks at the Spanish army’s training centre of San Gregorio in Zaragoza on March 13, 2023. – Spanish Prime Minister Pedro Sanchez said on February 23, 2023 during a visit to Kyiv that he hoped to send up to ten Leopard tanks to Ukraine in the coming months. (Photo by OSCAR DEL POZO / AFP)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भन्नुभएको रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । “यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,” आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ ।
मेदभदेव प्रायः कडा टिप्पणी गर्नुहुन्छ । गत महिना उहाँले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गर्नुभएको थियो । साथै उहाँले युक्रेनलाई ‘नाजी राज्य’ भन्नुभएको छ । मस्कोले पनि शब्द दाबी दोहा¥याउँदै आएको छ । गत जनवरीमा उहाँले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताउनुभएको थियो ।






