‘क्षेप्यास्त्र योजना मध्य-अगस्टसम्ममा’


प्रकाशित मिति : श्रावण २६, २०७४ बिहीबार

कोरियाली सेना ‘केपीए’ले प्रहार गर्ने ह्वासोङ-१२ रकेटहरु जापानको शिमाने, हिरोसिमा र कोइची क्षेत्रको आकास काटेर जानेछन्

केसीएनए, उत्तर कोरियाली समाचार संस्था

वासिङ्टन र प्योङयाङबीचको बढ्दो तनावमाझ उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बनिरहेको बताएको छ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार ह्वासोङ-१२ नाम दिइएका रकेटहरु जापान माथिबाट हुँइकिदै गएर प्रशान्त महासागरमा रहेको गुआम टापुभन्दा लगभग ३० किलोमिटर नजिकै समुद्रमा खस्नेछन्।

अबको एक साताभित्र तयार हुने भनिएको सो योजनालाई राष्ट्रपति किम जोङ-अनले स्वीकृत गर्नु पर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले सेना प्रमुख जनरल किम राक ग्योमलाई उद्धृत गर्दै भनेको छ, “कोरियाली सेना ‘केपीए’ले प्रहार गर्ने ह्वासोङ-१२ रकेटहरु जापानको शिमाने, हिरोसिमा र कोइची क्षेत्रको आकास काटेर जानेछन्।”

“ती रकेट ३,३५६.७ किलोमिटर उडेर १,०६५ सेकेण्डपछि गुआमदेखि ३०-४० किलोमिटर परको पानीमा खस्नेछन्।”

ह्वासोङ् क्षेप्यास्त्र उत्तर कोरियाले आफैं बनाएको मध्य र लामो दूरीसम्म मार हान्न सक्ने हतियार हुन्।

चेतावनी

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उत्तर कोरियाविरुद्ध “भीषण आक्रमण” गर्ने चेतावनीलाई “ठोस कारण बिनाको” अभिव्यक्ती भनेको छ।

अमेरिकाले चाहिँ उत्तर कोरियाका क्रियाकलापले उस्को “शासन-सत्ता नै समाप्त” पारिदिन सक्ने चेतावनी दिएको छ।

अमेरिकी रक्षा मन्त्री जीम माटिसले प्योङयाङ र मित्रशक्ति सहितको अमेरिकाबीच सैन्यशक्तिका हिसावले कुनै तुलना हुन नसक्ने बताएका छन्।

उनले प्योङयाङले परमाणु हतियार विकास गर्ने क्रम रोक्नु पर्नेमा जोड दिंदै अन्यथा उत्तर कोरियाको शासन-सत्ता सिध्दिने र उसले मानवीय क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्।

उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्ला?

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com