गृहमन्त्री शर्माद्वारा हजयात्रीको बिदाई


प्रकाशित मिति : श्रावण २६, २०७४ बिहीबार

श्रावण २६, २०७४- गृहमन्त्री जनार्दन शर्माले साउदी अरेबियाको मक्का मदिनामा जान लागेका हजयात्रीहरुलाई बिहीबार बिदाई गरेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री शर्माले हजयात्रीहरुलाई बिदाई गरेका हुन् । एयर अरेबियाको विमानमार्फत बिहीबार १ सय ३० जना मुस्लिम समुदायका हजयात्रीहरु साउदी अरेबियातर्फ लागेका छन् । गृह मन्त्रालयको समन्वयमा यस वर्ष कुल १२ सय १० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रीय हज समितिले जानकारी दिएको छ ।

कुल संख्यामध्ये १० जना प्रतिनिधिमण्डलका सदस्यहरु रहनेछन् । हज समितिले बनाएको टुर प्याकेज अनुसार हजयात्रीहरु ४५ दिनपछि नेपाल फर्कनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com