अमेरिकामा विद्यार्थी भिसामा आउनेहरुलाई आइसले दियो यस्तो चेतावनी


प्रकाशित मिति : जेष्ठ ८, २०८० सोमबार

पढाई सुरु हुनुभन्दा ३६५ दिन अगाडिसम्म विद्यार्थी भिसा जारी गर्न सकिने भएतापनि अमेरिका प्रवेश भने पढाई सुरु हुनुभन्दा ३० दिन अगाडिसम्ममात्र गर्न सकिनेबारे अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले प्रष्ट पारेको छ । गत फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले कन्सुलरलाई अद्यावधिक मार्गदर्शन प्रदान गर्दै पढाई सुरु हुनुभन्दा बढीमा ३६५ दिन अगाडिसम्म भिसा जारी गर्न सक्ने निर्देशिका जारी गरेको थियो ।

यो नयाँ निर्देशनले आई २० जारीका प्रावधानहरु लगायतका विषयमा कुनै परिवर्तन नगर्ने भएतापनि विद्यार्थीहरूले उनीहरुको आई २० मा उल्लेख भएको कार्यक्रम सुरु हुने मितिभन्दा ३० दिन अघि मात्रै अमेरिका प्रवेश गर्न सक्नेमा जोड दिएको छ । ३० दिनभन्दा अगाडि नै अमेरिका प्रवेश गर्नखोज्ने विद्यार्थीहरुलाई विमानस्थलबाट सीबीपीले फर्काउन सक्ने आइसले चेतावनी दिएको छ ।

अमेरिका मा सहज प्रवेश सुनिश्चित गर्न मद्दत गर्न, विद्यार्थी र विद्यालय अधिकारीहरूले प्रवेशको अमेरिकी पोर्टमा आइपुग्नु अघि विद्यार्थीहरूसँग उनीहरुले यात्रा गरिरहेको फारम आई २० मा सक्रिय आई ९०१ सेभिज शुल्क भुक्तानी भएको, फारम आइ २० मा रहेको विद्यालयको नाम भिसामा रहेको विद्यालयको नामसँग मेल खाएको र विद्यार्थी वित्तीय जानकारी सेभिजमा अप टु डेट रहेको सुनिश्चत गर्नुपर्ने आइसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेश मन्त्रालयले निश्चित गैरआप्रवासी भिसा आवेदनमा वृद्धिको घोषणा गर्दै अन्तिम नियम प्रकाशित गरेको पनि आइसले स्मरण गराएको छ । जस अनुशार मे ३० देखि विद्यार्थी भिसा शुल्क १६० डलरबाट बृद्धि भएर १८५ डलर हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com