आरसी र डीआरसीले समन्वय नगरेको भन्दै बन्दिताको घलेलाई पहिलो पत्र


प्रकाशित मिति : श्रावण २५, २०७४ बुधबार

एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि आरसी र डिआरसीले समन्वयन नगरेको भन्दै एनआरएन अमेरिकाकी प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहालले एनआरएन आईसीसी अध्यक्ष शेष घलेलाई पत्र लेखेकी छिन् । प्रमुख निर्वाचन आयुक्तको हैसियतबाट दाहालले घलेलाई पत्र लेखेको यो पहिलो पटक हो ।

एनआरएन अमेरिकाको अध्यक्षमा गौरी जोशीको उम्मेदवारीको विषयलाई लिएर दाहालले घलेलाई पत्र लेखेकी हुन् । जोशीले आफ्नो उम्मेदवारीका पक्षमा विभिन्न आधिकारिक कागजातहरु पेश गरेका तथा महासचिव बद्री केसीले जोशी उम्मेदवारीका लागि योग्य भएको कागजात पठाएकोमा ती कागजातहरु निर्वाचन आयोगले स्वीकार गर्न लागेको बेला महासचिवको पत्रबारे अनुसन्धान भइरहेको ब्यहोराको घलेको पत्र प्राप्त भएको बन्दिता शर्मा दाहालले पत्रमा जनाएकी छिन् ।

गौरी जोशीको उम्मेदवारीबारे छलफलका लागि तीन सदस्यीय टिम बनाइएको, त्यो टिमले आफ्नो निर्णय निर्वाचन आयोगलाई पठाउन भन्दै आरसी र डिआरसीलाई पठाइसकेको भएपनि आफूलाई आरसी र डिआरसीले यो सन्दर्भमा कुनै सम्पर्क नगरेको बन्दिता शर्मा दाहालले घलेलाई लेखेको पत्रमा उल्लेख छ । आरसी र डिआरसीको भुमिका केन्द्र, क्षेत्र र एनआरएन एनसीसीबीच पुल र समन्वयको हुनुपर्ने भएपनि आफूले आरसी र डिआरसीबाट ती पत्रहरु प्राप्त नगर्नुको कारणबारे जान्न चाहेको प्रमुख निर्वाचन आयुक्त दाहालको भनाई छ । सामान्य अवस्थामा भएको भए आफूले आरसी र डिआरसीलाई बाइपास गरेर पत्र नलेख्ने तर विषयबस्तु उनीहरुकै सन्दर्भमा भएका कारण आफूले अध्यक्ष घलेलाई सिधा पत्र लेख्नुपरेको पनि दाहालले पत्रमा उल्लेख गरेकी छिन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com