अमेरिकी विदेशमन्त्री टिलर्सन थाइल्याण्डमा


प्रकाशित मिति : २५ श्रावण २०७४, बुधबार

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन मङ्गलबाार थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएको छ ।

सन् २०१४ मा थाइल्याण्डमा भएको सैनिक ‘कू’पछि अमेरिकी उच्चस्तरीय व्यक्तित्वको यो पहिलो थाइयाण्ड भ्रमण हो ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय कानूनी बैधानिक प्रावधानको बारम्बार उल्लङ्घन गर्दै क्षेप्यास्त्र परीक्षण जारी राखेको छ ।

सो परीक्षणपछि अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नाकाबन्दी लगाएको छ ।

नाकबन्दीपछि विश्वजगतले नै उत्तर कोरियालाई गर्नुपर्ने कारबाहीको विषयमा जनमत तयार पार्ने भ्रमणका क्रममा विदेशमन्त्री टिलर्सन त्यहाँ पुग्नुभएको छ ।

थाइल्याण्ड दक्षिणपूर्वी एसियाली राष्ट्रहरुमध्ये उत्तर कोरियाको राजदूतावास भएको एक राष्ट्र हो । थाइल्याण्ड र उत्तर कोरियाबीच महत्वपूर्ण द्विपक्षीय व्यापार सम्बन्ध रहदै आएको छ ।

थाइल्याण्डकाको विदेश मन्त्रालयका अनुसार सन् २०१४ मा उत्तर कोरिया र थाइल्याण्डबीच भएको व्यापार एक अर्ब दुई करोड ६० लाख बराबरको थियो ।

दुई देशबीचको व्यापारलगानी सन् २००९ बाट वृद्धि भएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थाइल्याण्डको राजधानी बैंककलाई तालिम सञ्जालको रुपमा प्रयोग गर्दै आएका उत्तर कोरियाली फर्महरुलाई कडा कारबाहीको दवाबको लागि अमेरिकी उच्च टिलर्सन त्यहाँ पुग्नु भएका बताइएको छ ।

उहाँले थाइल्याण्ड प्रवेशका लागि उत्तर कोरियालाई प्रवेशाज्ञामा कडा गर्नको लागि पनि दवाव दिनुहुने बताइएको छ । एएफपी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com