श्रीमान्ले छाडेकी आमा छोरीको उपचारका लागि भौँतारिँदै


प्रकाशित मिति : श्रावण २५, २०७४ बुधबार

-केशवचन्द्र महरा

 छ महिनाकी काखे छोरीलाई च्यापेर दीपायल सिलगढी नगरपालिका–६, सिलगढीकी २४ वर्षीया लक्ष्मी नेपाली हिजोआज सदरमुकामका कार्यालयमा धाइरहेकी छन् ।

काखे छोरीको ढाडमाथि ठूलो फोका उठेको छ । उपचार गर्न उनीसँग पैसा छैन । उपचारका लागि कार्यालय–कार्यालयका दैलोमा पुगेर आँसु झार्दै उनी हार–गुहार गरिरहेकी छन् ।

नौ वर्षअघि १६ वर्षको उमेरमा उनको स्थानीय राजेन्द्र नेपालीसँग मागी विवाह भएको थियो । राजेन्द्र नेपाली सेनामा कार्यरत छन् । सानै उमेरमा विवाह भइसकेपछि अहिले उनीहरुका दुई छोरा र एक छोरी छन् । उनको जेठो छोरो नौ वर्षको भयो । कक्षा दुईमा पढ्छ । जुम्ल्याहा रुपमा एक छोरा र छोरी जन्मिएका छन् । तीनै जुम्ल्याहामध्येकी छोरीको असामान्य तरिकाबाट ढाड फुलेको हो । “छोरीको यो अवस्था छ । घरको स्थिति राम्रो छैन,” गहभरि आँसु झार्दै उनले भनिन्, “अब यसको उपचार गर्न पैसा नै छैन । यसैले यसरी हारगुहार गरिरहेकी छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका श्रीमान् केही समयदेखि बेखबर छन् । काठमाडौँको भैरवदल गणमा कार्यरत रहेको सुनेको उनले बताइन् । “श्रीमान्सँग सम्पर्क नै हुँदैन, हजुर । उहाँले मलाई छाडेर जानुभयो । सम्पर्कमै आउन चाहन्नन्,” उनले दुखेसो पोख्दै भनिन्, “अर्कै बिहे गरिसक्यो भन्ने सुनेकी छु ।”

केही समयअघि केही रकम जुटाएर उपचारका लागि छोरीलाई काठमाडौँको वीर अस्पताल पु¥याएको उनले बताइन् । त्यहाँ पुग्दा रु एक लाख ५० हजार र कान्तिबाल अस्पतालमा उपचार गर्दा रु दुई लाख ५० हजारभन्दा बढी खर्च लाग्ने बताएपछि बिना उपचार फर्किएको उनले बताइन् ।

काठमाडौँ पुग्दा श्रीमान् राजेन्द्र सम्पर्कमा आएको उनले बताइन् । उनले भनिन्, “भेट्नसम्म पुगे । बच्चाको यस्तो अवस्था देख्दादेख्दै फेरि बेपत्ता भए । अनि छोरीलाई त्यसै लिएर फर्किएँ ।” डाक्टरले बच्चाको समयमै शल्यक्रिया नभए टाउकोमा पनि त्यस्तै फोका उठ्न सक्ने चेतावनी दिएका छन् । “त्यसपछि भने ज्यान जोगाउन कठिन हुन्छ रे,” उनले थपिन् ।

छोरीको उपचारका लागि कुनै उपाय नलागेपछि उनले हार खाइसकेकी छन् । “श्रीमान्ले धोका दिए । घरमा सम्पत्ति छैन,” उनले रुँदै भनिन्, “मेरो यो अवस्था कसले हेरिदिन्छ ? अब छोरी बचाउन नसक्ने भएँ ।”

अहिले उनी माइतीकै शरणमा परेर जीविका चलाइरहेकी छन् । “माइती घरमा बसेर दुईछाक खान र बच्चालाई खुवाउन पाएकी छु,” उनले भनिन्, “आफ्नै त बस्ने ठेगान छैन । छोरीको उपचार कसरी गरुँ ?” माइतीको अवस्था पनि निकै नाजुक रहेको उनले बताइन् ।

छोरीको उपचार खर्च जुटाउन संघसंस्था र कार्यालय धाउँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले सहुलियतमा उपचार गराइदिन सिफारिशसम्म बनाइदिएका छन् । तर, त्यसले सबै समस्या भने समाधान हुनेछैन ।

“श्रीमान्ले नै माया मारे” सिलगढीकै स्थायी बासिन्दा राजेन्द्रसँग सानै उमेरमा विवाह हुँदा दुवै खुसी थिए । केही वर्षअघि राजेन्द्रले सेनामा भान्सामा खाना पकाउने काम पाए । त्यसै क्रममा उनीहरुको पहिलो सन्तानका रुपमा छोरो जन्मँदा दुवै खुसी रहेको लक्ष्मीले बताइन् ।

त्यसपछि धेरै लामो समयपछि जुम्ल्याहा सन्तानका रुपमा छोरा र छोरी जन्मेपछि भने श्रीमान् टाढिँदै गएको उनी बताउँछिन् । “एकाएक टाढिँदै गए । मैले केही बुझ्न सकिन,” उनले भनिन् ।

अहिले उनीसँग श्रीमान् राजेन्द्र पूरै सम्पर्कविहीन छन् । उनले अर्घाखाँचीको केटीसँग बिहे गरेको लक्ष्मीले सुनेकी छन् । त्यसै क्रममा श्रीमान्ले समेत रुपैयाँ जम्मा गर्न नसकेको र उल्टै सञ्चय कोषमा समेत रकम नरहेको सुनिएको उनले बताइन् ।

“श्रीमान्ले नै धोका दिए, कसको के लाग्छ र ?” दुखित मुद्रामा उनले भनिन्, “अहिले माइतीको आश्रयमा जीवन त बाँचिरहेकी छु । अरु त ठीकै थियो, छोरीलाई बचाउन नसक्ने भएँ ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com