एनआरएन अमेरिकाको निर्वाचन स्थगित गर्न अदालतको आदेश


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

अमेरिकाको टेनिसी नोक्सभिलमा रहेको नोक्स काउन्टी अदालतले एनआरएन अमेरिकाको चुनावी प्रकृया स्थगित गर्न आदेश दिएको छ । अध्यक्षका दाबेदार गौरी जोशी र महासचिवका दाबेदार पूर्ण चन्द्र बानियाको उम्मेदवारी सदर हुनुपर्ने माग गर्दै अदालतमा दर्ता गरिएको आवेदन उपर फैसला गर्दै अदालतले एनआरएन अमेरिकाको चुनावी प्रकृया स्थगित गर्न आदेश दिएको छ । हिजो जोशी र बानियाका तर्फबाट दिइएको आवेदनमा अदालतले आज फैसला गरेको हो ।

अदालतले थप आदेश पेन्डिङ अवस्थामा रहेको भन्दै आवेदनका पक्षमा फैसला गर्दै आगामी अगस्त ११ र १२ मा हुने भनिएको चुनाव नगर्न प्रतिबादीका नाममा निरोधक आदेश जारी गरेको छ । अदालतले आदेश अनुशार नबाझिनेगरी चुनावको नयाँ मिति तोक्न सकिने समेत जनाएको छ । यदि अनुरोध आएमा यो विषयमा थप सुनुवाई तोकिन सकिने अदालतले जनाएको छ । अदालतबाट अर्को आदेश जारी नहुँदासम्मको लागि यो आदेश लागु हुने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com