‘नाकाबन्दीपछि कतारमा रहेका नेपालीको अवस्था प्रचार गरिएजस्तो छैन’ – आरके शर्मा (भिडियो)


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

कतारमा नाकाबन्दीपछि नेपालीको अवस्था प्रचार गरिएजस्तो भयावह नरहेको त्यहाँका एकजना चर्चित युवा व्यवसायी राजेन्द्र कुमार शर्माले बताउनुभएको छ । अमेरिका भ्रमणका क्रममा वासिंटन डिसीमा एबीसी टेलिभिजनको कार्यक्रम टक अफ द टाउनमा पत्रकार किशोर पन्थीसँग कुरा गर्दै व्यवसायी आरके शर्माले कतारको पछिल्लो अवस्थाबारे जानकारी दिनुभएको हो ।

नेपालीहरुले भारतको नाकाबन्दी भोगिसकेकाले कतारमा पनि त्यस्तै अवस्था आयो कि भनेर चिन्तित भएपनि कतारमा त्यस्तो अवस्था नहरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘नाकाबन्दी भन्दा पहिले सर्वजसाधारणको जीवन जसरी चलेको थियो । अहिले पनि त्यसरी नै चलेको छ । देशको लागि अप्ठ्यारो पनि सर्वसाधारणलाई त्यसको खास अनुभव भएन ‘

पहिलो साता अलिकति असहज भएपनि कतारसँग समुन्द्री माग जोडिएकाले समुन्द्री मार्गबाट कुनैपनि सामान एकसातामा आउनसक्ने भएकाले त्यसपछि खास समस्या नदेखिएको तर साउदीमा हज गर्न गएका, दुबईबाट कतार आउनेहरु लगायतलाई भने केही समस्या भएको उहाँले भन्नुभयो ।

संचारकर्मीहरुलाई बुझेरमात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्दै उहाँले भन्नुभयो कृपया वास्तविक कुरा बुझेरमात्र समाचार सम्प्रेषण गर्नुहोला । एउटा समाचारलेमात्र पनि कतारमा रहेका पाँचलाख र मध्यपूर्वमा रहेका पन्ध्रबीसलाख नेपालीको परिवारलाई ठूलो असर गर्नसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आरके शर्मासँगको कुराकानी कार्यक्रम टक अफ द टाउनमा ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com