रसिया–अमेरिका सम्बन्धमा उतार चढाव


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

मस्को, २४ साउन । पछिल्लो समयमा रुस र अमेरिकी सम्बन्धमा उतार चढाव जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत यसको सङ्केत गरिरहनुभएको छ ।

गएको शुक्रबार बिहानै ट्वीट गर्दै उहाँले अमेरिका–रुस सम्बन्धमा समस्या आएको जनाउनुभएको थियो । जसमा पछिल्लो समय सम्बन्धमा अनपेक्षित समस्या आउने अवस्था देखिएको उहाँको धारणा थियो ।

त्यस लगत्तै रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका–रसिया सम्बन्ध यसअघिका वर्षहरुको तुलनामा निकै अप्ठेरो अवस्थामा पुगेको शुक्रबार नै बताएको थियो ।

तर त्यसपछि अमेरिकी प्रस्तावमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले लगाएको कडा खालको नाकाबन्दीपछि भने अमेरिकी राष्ट्रपति ट्रम्पले रुसको प्रसंशा गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले रुस र चीनले पनि सो कार्यमा देखाएको ऐक्यबद्धता प्रसंशनीय रहेको धारणा राख्नुभएको थियो । त्यसपछि यी दुई देशको सम्बन्धमा सकारात्मक विकास हुने अपेक्षा गरिएको पनि कतिपय विश्लेषकले बताएका छन् ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले केही दिनअघि सञ्चारकर्मीसँग भन्नुभयो, “अमेरिकी राष्ट्रपतिद्वारा व्यक्त गरेको बिचार वास्तविक देखिन पुगेको छ, यतिखेर सम्बन्धको विकास सकारात्मक मोडबाट अघि बढिरहेको छैन ।”

दुवै मुलुक र जनताबीच पारस्परिक सहयोग तथा सहकार्य आवश्यक रहेको समयमा यसलाई समस्यातर्फ धकेलिएको अमेरिकी राष्ट्रपतिको भनाईप्रति रसियाली प्रशासन केन्द्र क्रेमलिनले पनि समान धारणा ल्याएको हो ।

गतबर्ष संयुक्त राज्य अमेरिकामा राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेप भएको भन्ने विषयले निकै चर्चा छाएको थियो । यसबारे अनुसन्धान गरिरहेको निकायले पनि त्यस समयमा रुसी संलग्नता खुलेको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले हिलारी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएका छन् । जुरीले राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा र रसियाली कानून व्यवसायीबीच जुन २०१६ मा भएको बैठकका सहभागीलाई छानबिनको दायरामा ल्याउने तयारी गरिरहेको छ ।

ट्रम्पले निर्वाचन जितेपछि भने रुसी राष्ट्रपति पुटिनको निकै प्रसंशा गर्नुभएको थियो । तर पनि यसपछिका दिनहरु त्यसरी अघि बढेनन् ।
–ः ४ ः–

हाल आएर भने सो सम्बन्ध विग्रिएको छ । रुसमाथि नाकाबन्दी लगाउनेसम्बन्धी प्रस्तावमा अमेरिकी संसद्ले स्वीकृति दिएको छ । उहाँकै दल रिपब्लिकनले पनि यस कानुनमा सहमति दिएपछि रुसमाथि पनि नाकाबन्दी लगाउन राष्ट्रपति ट्रम्प बाध्य हुनुभएको छ ।

यसैलाई अमेरिकी र रुसी विश्लेषकहरुले अमेरिकी रुसी सम्बन्धमा उतार चढावका रुपमा हेरेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com