सुडानमा रहेका नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय


प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार

Smoke billows above residential buildings in Khartoum on April 16, 2023, as fighting in Sudan raged for a second day in battles between rival generals. – Violence erupted early on April 15 after weeks of deepening tensions between army chief Abdel Fattah al-Burhan and his deputy, Mohamed Hamdan Daglo, commander of the heavily-armed paramilitary Rapid Support Forces (RSF), with each accusing the other of starting the fight. (Photo by AFP)

नेपाल सरकारले यही वैशाख २ (१५ अप्रिल २०२३) गतेदेखि सुडानमा विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयास जारी राखेको जनाएको छ ।

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासद्वारा सुडानमा रहेका नेपाली, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूमा कार्यरत नेपाली पदाधिकारी, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत तथा सुडानी निकायहरूसँग निरन्तर सम्पर्कमा रही विवरण अद्यावधिक गर्ने कार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूतावास, कायरोले राजदूतावाससँग सम्पर्कमा रहेका १९ जना नेपालीको सूची तयार गरेको र सूचीकृत सबैजना हालसम्म सुरक्षित रहेको जनाएको छ । तीबाहेक तीनजना नेपाली शान्ति सैनिक हिजो (१० गते) अफ्रिकी मुलुक चाडतर्फ गएको, खार्तुमस्थित संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायमा कार्यरत सातजना नेपाली सोही दिन खार्तुमबाट सडकमार्फत रेड सीस्थित पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको र त्यहाँबाट हवाई सेवामार्फत युगान्डा जाने तयारी रहेको बुझिएको छ ।

हालको असहज र जटिल सुरक्षा अवस्थामा नेपाल सरकारले सुडानमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँड्डुल नगर्न आग्रह गरेको छ । मन्त्रालयले आपत्कालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावास (दीपक घिमिरे, द्वितीय सचिव, मोबाइल÷वाट्स्याप २०१०९७७७२३४८ र २०१०२९६०६६६२, email: [email protected] मा सम्पर्क गर्न आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com