२०२३ मा १० लाखभन्दा बढी भारतीयहरूलाई भिसा जारी गर्ने अमेरिकाको लक्ष्य


प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार

अमेरिकाले यस वर्ष भारतीयहरूलाई दश लाखभन्दा बढी भिसा जारी गर्ने लक्ष्य राखेको छ । बाइडेन प्रशासनले भारतीयहरूको लागि सबै विद्यार्थी भिसाहरू प्रकृयामा लैजाने कुरा सुनिश्चत गर्ने दक्षिण र मध्य एशियाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एक अन्तर्वार्तामा बताएका छन् ।

अमेरिकाले कामदार भिसालाई पनि प्राथमिकता दिइरहेको तथा यस वर्ष १० लाखभन्दा बढी भिसा जारी गर्ने ट्रयाकमा रहेको उनले बताए । विद्यार्थी भिसा र आप्रवासी भिसाको रेकर्ड संख्यासँगै यो अमेरिकाका लागि नयाँ रेकर्ड हुने उनले बताए ।

अमेरिका जाने अन्तर्राष्ट्रिय विद्यार्थीको हिसाबले भारत अहिले विश्वमा दोस्रो नम्बरमा छ । अमेरिकाले एचवानबी र एल लगायतका कामदार भिसालाई पनि प्राथमिकता दिइरहेको तथा ती भिसाका लागि अन्तरवार्ता लिनका लागि भारतमा कन्सुलर शाखाहरुमा ६० दिनभन्दा कम समय लाग्ने उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कामदारहरूको लागि भिसालाई प्राथमिकता दिने कुरा सुनिश्चित गर्ने उल्लेख गर्दै यो अमेरिकी र भारतीय अर्थतन्त्र दुवैको लागि महत्त्वपूर्ण रहेको लुले बताएका छन् । केही निश्चित पिटिशनमा आधारित गैरआप्रवासी कामदार भिसाका लागि अमेरिकामा नै भिसा नवीकरण पुन सुरु गर्ने योजना रहेको उनले जानकारी दिए ।

अमेरिकाभित्रै भिसा नविकरणका लागि यो बर्ष परीक्षण कार्यक्रम सुरु गरेको अमेरिकी सरकारको योजना रहेको छ । यसले निश्चित आवेदकहरूलाई उनीहरूको भिसा नवीकरण गर्न विदेश जाने आवश्यकतालाई हटाउनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com