सर्वेक्षणमा अधिकांश मतदाता भन्छन्-‘बाइडेनले आप्रवासी मुद्दाहरूलाई बेवास्ता गरिरहेका छन्’


प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार

राष्ट्रपति जो बाइडेनले आप्रवासी मुद्दाहरूलाई बेवास्ता गरिरहेको र यी मुद्दाको बारेमा पर्याप्त कुरा नगरेको मतदाताहरूले डेमोक्रेटिक पोलिंग फर्मको नयाँ सर्वेक्षणमा बताएका छन् । सात प्रमुख ब्याटलग्राउण्ड राज्यका ५८ प्रतिशत मतदाताले राष्ट्रपतिले आप्रवासनलाई सम्हालेको तरिकालाई अस्वीकार गरेका छन् ।

ग्लोबल स्ट्राटेजी ग्रुपको नयाँ स्विङ स्टेट पोल अनुसारबाइडेनले आप्रवासनको विषय सम्हालेको तरिकालाई अनुमोदन गर्नेहरु जम्मा ३२ प्रतिशत रहेका छन् । सर्वेक्षणमा अधिकांश मतदाताहरू अर्थात् ५२ प्रतिशतले बाइडेनले सीमामा समस्याहरूलाई बेवास्ता गरिरहेको विश्वास गरेका छन् भने ५० प्रतिशतले राष्ट्रपतिले कागजातविहीन आप्रवासीहरूको वरपरको अवस्थालाई बेवास्ता गरिरहेको बताएका छन् ।

रिपब्लिकनहरूले डेमोक्र्याटहरू भन्दा अध्यागमनको बारेमा बढी कुरा गरको र उनीहरूलाई यो मुद्दा ह्यान्डल गर्न बढी विश्वास गरिने सर्वेक्षणले देखाएको छ । दुबै पार्टीहरूले आप्रवासनलाई कसरी ह्यान्डल गरिरहेका छन् भन्नेबारे कम अंक पाएका छन् । तर डेमोक्र्याटहरूले ठूलो आलोचनाको सामना गर्नुपरेको छ किनभने मतदाताहरूलाई थाहा छैन कि पार्टी यो मुद्दामा कहाँ छ। ३९ प्रतिशत मतदाताले अध्यागमन मुद्दामा बाइडेन र डेमोक्र्याटलाई बढी विश्वास गरेका छन् भने ४७ प्रतिशतले रिपब्लिकन सांसदहरूलाई बढी विश्वास गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ सर्वेक्षण आप्रवासी वकालत समूह इमिग्रेसन हब र ल्याटिनो मतदाता मतदानमा केन्द्रित राजनीतिक संगठन भोटो ल्याटिनोको तर्फबाट सञ्चालन गरिएको हो । बाइडेन प्रशासनले टाइटल ४२ लाई समाप्त गर्ने योजना बनाएको तीन हप्ता अघि यो सर्वेक्षण आएको छ । बाइडेन प्रशासनका अधिकारीहरूले अर्को महिना नीतिको म्याद सकिएपछि सीमामा आप्रवासीको संख्या वृद्धि हुने डर छ । साथै बाइडेन प्रशासनले राजनीतिक र आर्थिक उथलपुथलबाट भागेका आप्रवासीहरूको रेकर्ड संख्यालाई कम गर्न थप प्रतिबन्धात्मक उपायहरू अपनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com