सिरियामा अमेरिकी सेनाको कारबाहीमा ४३ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २२, २०७४ आईतबार

दमास्कस, २२ साउन । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने राक्वा सहरमा शनिबार गरेको आक्रमणमा परी कम्तीमा ४३ जना सर्वसाधारणको मृत्यु भएको छ ।

लडाकू विमानबाट राक्वाको आवास क्षेत्रलाई लक्षितगरी शनिबार मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ ।

राक्वामै शुक्रबार राति सात बालबालिकाको मृत्यु भएको केही घण्टामा यो आक्रमण भएको पनि उक्त समाचार समितिले शनिबार दिएको समाचारमा उल्लेख छ ।

अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा बिगतमा लामो समयदेखि विरोध गरिएको भए पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिरियाली अरब रेड क्रिसेन्टकी राक्वास्थित प्रतिनिधि डिना असदलाई उद्धृतगर्दै सानाले राक्वाको राष्ट्रिय अस्पतालनजिकै पनि यस्तो आक्रमण भएको पुष्टि गरेकी छिन् ।

“अस्पतालमा २० भन्दा बढी बमहरु सञ्चित गरिएको छ, अस्पतालमा रहेका विद्युतीय सामाग्री, जेनेरेटर, एम्बुलेन्स र विभिन्न प्रकारका सामान पनि ती बमले नष्ट गरिदिएको छ,” असदले भन्नुभयो ।

अस्पतालले सहरका एक लाख भन्दा बढी जनतालाई सेवा दिँदै आएको छ ।

असदले अस्पतालमा इस्लामिक स्टेट (आइएस) लडाकूको उपस्थिति नभएको बताउनुभयो । उहाँले थप्नुभयो, “राक्वा आतङ्कबादीका नाममा आक्रमण गर्न मिल्ने ठाउँ होईन, नष्ट गर्ने मात्र हो ।”

“आक्रमण विद्यालयहरु र खाजा पसललाई लक्षित गरेर भएको थियो, सरकारी संस्था र संरचना पनि ध्वस्त भएका छन्,” असदले भन्नुभयो ।

सो संस्थाका राक्वा प्रमुख फावाज असाफले अमेरिकी नेतृत्वको गठबन्धन र कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) राक्वामा संयुक्तरुपमा आइएस विरुद्ध लगेको बताउनुभयो ।

उहाँले ६५ भन्दा बढी सरकारी संस्था र भवन पूर्ण रुपमा नष्ट भएको र त्यसमध्ये चिनी मिल अरुभन्दा निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

हवाई आक्रमण विद्यालयहरु, बैंक, बजर क्षेत्र, खाजा पसलहरुमा बढी लक्षित हुने गरेको पनि उहाँको भनाइ थियो । यसले गर्दा उपभोक्ता तथा क्रेताहरु कोही नभएपछि सडक पुरै खाली भएको थियो ।

सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसङ्घ मार्फत आग्रह गर्दै आएको छ ।

सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको जनाइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com