रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड मे मा करेन्ट नहुने, दोश्रो श्रेणीको सर्यो ५ महिना पछाडि


प्रकाशित मिति : बैशाख २, २०८० शनिबार

रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड आगामी मे महिनामा करेन्ट नहुने भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको नयाँ भिसा बुलेटिन अनुशार मे महिनाका लागि रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्ड फाइल गर्नका लागि पनि प्राथमिकता मिति तोकिएको छ ।

मे महिनामा १ जुन २०२२ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । २ बर्षको अनुभवको आवश्यकता पर्ने दक्ष कामदारका सन्दर्भमा यस अगाडि भिसा करेन्ट रहदै आएको थियो ।

त्यस्तै तेश्रो श्रेणीको २ बर्षको योग्यता नचाहिने अन्य श्रेणीको ग्रिनकार्डका लागि पनि मे महिनामा १ जनवरी २०२० को प्राथमिकता मिति तोकिएको छ । रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्डका लागि १५ फरबरी २०२२ को प्राथमिकता मिति तोकिएको छ । यो मिति अप्रिलका लागि १ जुलाई २०२२ रहेकोमा मे महिनामा ५ महिना अझ पछाडि सरेको छ ।

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि भने भिसा करेन्ट रहेको छ । अमेरिकाभित्र हुनेले पहिलो श्रेणीको ग्रिनकार्डका लागि आई १४० का साथमा आई ४८५ फाइल गर्न पाउनेछन् भने अमेरिकाबाहिर हुनेहरुले पनि भिसा करेन्ट हुने प्रतिक्षा गर्नुपर्ने छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अझै थपियो परिवारमा आधारित ग्रिनकार्ड पाउन लाग्ने अवधि

परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड पाउन लाग्ने अवधि अप्रिलका तुलनामा मे महिनामा एकमहिना थपिएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मे महिनाको भिसा बुलेटिन जारी गर्दै ग्रिनकार्ड जारी हुने मिति अप्रिल महिनाकै कायम राखेको हो ।
मे मा परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्न पाउने मितिमा भने केही फेरबदल भएको छ । तर ग्रिनकार्ड पाउने मिति २०२१ को सेप्टेम्बरदेखि नै जस्ताको तस्तै रहँदा परिवारमा आधारित  श्रेणीका ग्रिनकार्डका लागि लाग्ने अवधि बढेको बढ्यै छ । ग्रिनकार्ड पाउनका लागि २०२१ को सेम्टेम्बरमा जुन मिति कायम थियो अहिले पनि त्यही मिति कायम छ ।

जसको अर्थ परिवारमा आधारित विभिन्न श्रेणीको ग्रिनकार्ड पाउने लाग्ने समय र अमेरिकामा नै हुनेहरुले फाइल गर्नका लागि लाग्ने गतबर्षको सेप्टेम्बरको तुलनामा १९ महिना बढेको छ । अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरु र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउने मितिमा कुनै फेरवदल नभएको हो ।

ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने भिसा करेन्ट रहेको छ । साथै उनीहरुले ग्रिनकार्ड पाउने मिति पनि करेन्ट रहेको छ । जसको अर्थ अमेरिकाबाहिर रहेका ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने मिति प्रतिक्षा नगरी सिधै प्रकृया अगाडि बढाउँछ । अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई १३० फर्मका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र ट्राभल डकुमेन्ट प्राप्त गर्नसकिन्छ । साथै अध्यागमन स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।

मे महिनाको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड पाउन लाग्ने अवधि ८ बर्ष ५ महिना पुगेको छ । ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि पनि ७ बर्ष ८ महिना पुगेको छ । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष ६ महिना पुगेको छ भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि १६ बर्ष २ महिना पुगेको छ ।

अमेरिका भित्र हुनेहरुका लागि भने अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी र ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीको सन्दर्भमा १ जनवरी २०१७ भन्दा अगाडि प्राथमिकता मिति हुनेले मे महिनामा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका सन्दर्भमा ८ फरबरी २०१० भन्दा अगाडि प्राथमिकता मिति हुनेले मे महिनामा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा १ फरबरी २००८ भन्दा अगाडि प्राथमिकता मिति हुनेले मे महिनामा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् । नेशनल भिसा सेन्टरले पनि सोही आधारमा भिसा प्रकृया अगाडि बढाउनेछ ।

जुनका लागि थपिएन डिभी विजेता नेपालीको केस नम्बर

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार जुन महिनाका लागि पनि डिभी विजेता नेपालीहरुलाई १७ हजार ७ सय ७५ सम्म केस नम्बरमा सिमित गरिएको छ । अर्थात जुनका लागि केस नम्बर थपिएको छैन ।

मे महिनाका लागि पनि १७ हजार ७ सय ७५ सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट रहेको छ । अप्रिलका लागि यो नम्बर १२ हजार ६ सय रहेको छ ।

जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर ७ हजार बनाइएको थियो भने मार्चका लागि ८ हजार २५ रहेको रहेको थियो । डिसेम्बरका लागि भने नेपालीहरुको केस नम्बर १७ सय मात्र रहेको थियो । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको थियो ।

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर र नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन । डिसेम्बरदेखि भने डिभी विजेता नेपालीहरुलाई भिसा जारी गर्न थालिएको छ ।

चालु आर्थिक बर्षका डिभी विजेताहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ ।

डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले २०२१ को अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com