आगामी सातादेखि अमेरिकाले एसाइलमको निर्णय छिटो दिने प्रकृया परीक्षण गर्दै


प्रकाशित मिति : चैत्र २५, २०७९ शनिबार

बाइडेन प्रशासनले आगामी सातादेखि गैरकानूनी रूपमा अमेरिका मेक्सिको सीमा पार गर्ने आप्रवासीहरूको लागि द्रुत एसाइलम स्क्रिनिङ परीक्षण सुरु गर्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आगामी मेमा कोरोना सम्बन्धित प्रतिबन्धहरु अन्त्य हुनु अगाडि त्यसको तयारीका रुपमा यस्तो परीक्षण सुरु गर्ने शनिबार घोषणा गरेको हो ।

जस अन्तरगत अमेरिकी एसाइदम अधिकारीहरूले थोरै संख्यामा आप्रवासीहरूलाई सीमा अधिकारीहरूको हिरासतमा रहँदा केही दिनभित्रै एसाइलमका लागि योग्य भए नभएको प्रारम्भिक जाँच गर्नेछन् । अन्तर्वार्ताहरू फोनमा हुनेछन् भने आप्रवासीहरूले स्क्रीनिंगको क्रममा कानुनी सल्लाहमा पहुँच पाउनेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हालैका महिनाहरूमा नयाँ सीमा प्रतिबन्धहरू लागू गरेका छन् किनभने उनको प्रशासनले उच्च रेकर्ड संख्यामा गैरकानूनी रूपमा सिमा पार गर्ने आप्रवासीहरूसँग जुध्नु परेको छ । रिपब्लिकन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले केसहरूको समाधानको गति बढाउन द्रुत एसाइलम स्क्रीनिंगहरू पनि प्रयोग गरेका थिए तर ती स्क्रीनिंगहरू सीबीपीका कर्मचारीबाट गरिएको थियो भने कानुनी प्रतिनिधित्वको पनि ग्यारेन्टी बिना नै सञ्चालन गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्च २०२० देखि अमेरिकी अधिकारीहरूले टाइटल ४२ भनेर चिनिने एक कोरोना महामारी सम्बन्धित आदेश अन्तर्गत अवैध रूपमा सिमाना पार गरेर अमेरिका आउने क्रममा समातिएका आप्रवासीहरूलाई तुरुन्तै फिर्ता पठाउन सक्षम भएका छन्। यो आदेश आगामी मे ११ मा समाप्त हुने तय भएकाले बाइडेन प्रशासनले त्यसपछि गैर कानूनी सिमा पार गर्ने क्रम बढ्नसक्ने अनुमानका साथ नयाँ नीति लागु गर्दैछ ।

यदि प्रशासनले भविष्यमा यसलाई अझ व्यापक रूपमा लागू गर्ने निर्णय गरेमा छिटो एसाइलम स्क्रिनिङको प्रयोगले उत्तम अभ्यासहरू सूचित गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अर्को साता कुन सीमामा लागू हुने भन्नेबारे भने खुलासा गरिएको छैन । बाइडेन प्रशासनका अधिकारीहरूले ट्रम्प शैलीका अन्य प्रतिबन्धहरूबीच द्रुत एसाइलम स्क्रीनिंगहरू प्रयोग गर्ने कि नगर्ने भनेर विचार गरिरहेका समाचार पहिलोपटक डिसेम्बरमा आएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com