फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो


प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार

फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुङ्गालाई डुङ्गाधनी र चालकको पहलमा निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनगुनासो पनि आएको थियो, फेरी तालको सुन्दरता जोगाउनु र संरक्षण गर्नु हाम्रो पनि दायित्व हो, हामीले वैशाखभित्र यो समस्यालाई समाधान गर्ने गरी कार्य थालेका छौँ, अब समस्या समाधान हुन्छ ।”

उहाँले फेवाताल धेरैको रोजीरोटीसँग जोडिएको र प्रमुख पर्यटकीयस्थल भएकाले पनि तालको सौन्दर्यमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार अहिले पुराना डुङ्गा व्यवस्थापनका लागि दैनिक १०/१२ जना डुङ्गा चालक र डुङ्गाधनीको सक्रियता रहेको छ । हालसम्म १५ डुङ्गा ताल भित्रबाट बाहिर निकाल्ने कार्य भएको छ ।

उहाँले तालमा प्लास्टिकका बोतल, चाउचाउका खोल लगायतका सामग्री नफाल्न र त्यसको व्यवस्थापनका लागि पनि काम भएको जानकारी दिनुभयो । योसँगै ताल पारी रानीवनको फेदमा विभिन्न फलफूलसहित अन्य बोटबिरुवा लगाएर ताल संरक्षण र सुन्दरतामा सङ्गठनले काम गरेको पनि उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय डुङ्गा चालक एवम् सङ्गठनका पूर्वअध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा सात सय ६७ डुङ्गा सञ्चालित छन् । आठ घाटबाट सञ्चालित डुङ्गामध्ये बाराही घाटबाट तालबाराही मन्दिरको दर्शन गर्न जाने भएकाले यस घाटमा दैनिक झन्डै दुई सय बढी डुङ्गा मन्दिर पुग्ने गर्दछन् ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित व्यवसायीबाट व्यवस्थापन सुरु भएको जानकारी दिनुभयो । व्यवस्थापनमा समस्या आएमा वडाले पनि आवश्यक सहयोग र समन्वय गर्ने उहाँको भनाइ छ ।

अध्यक्ष भट्टराईले फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक गन्तव्य भएकाले यसको संरक्षण र सुन्दरतामा वडाले विशेष चासो दिएर सरसफाइमा ध्यान दिएको तथा योसँगै ताल छेउछाउका व्यवसायीले पनि यस विषयमा सतर्क हुनुपर्ने बताउनुभयो । उक्त मुख्य स्थानमा सरसफाइका लागि दुईजना राखेर नियमित सफाइ कार्य गरेको र ‘हाम्रो सफा वैदाम’ अभियानमार्फत पनि ताल सरसफाइ तथा संरक्षणको पहल गरिएको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com