ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात


प्रकाशित मिति : चैत्र ५, २०७९ आईतबार

बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले बताउनुभयो ।

हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ । हिउँका कारण शनिबार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतबार बिहान घाम लागेपछि काम गर्न थालेको उहाँले बताउनुभयो । हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ ।

“हिजो बुटवलदेखि एक बस पर्यटक आएका थिए, हिउँले गर्दा फल्लेघरभन्दा माथि आउन सकेनन्, पछि पिकअपले ल्यायो”, घिमिरेले भन्नुभयो, “अहिले घाम लागेको छ, बिस्तारै हिउँ पग्लिन थालेको छ, दिउँसोसम्म सबै सडक खुल्छन् होला ।”

हिमपातले गर्दा घोडा खच्चड तथा बस्तुभाउलाई घाँस दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताउनुभयो । अघिल्लो वर्ष पुस माघमै चार÷पाँच पटक हिमपात हुने गरे पनि यस वर्ष ढोरपाटन उपत्यकामा पहिलो पटक हिउँ परेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com