अमेरिकामा एसाइलम अस्वीकृत हुनुका केही कारणहरु


प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार

अमेरिकाको युएससीआईएसमा नेपालीको एसाइलम स्वीकृत दर अत्यन्तै कम छ । यद्यपी अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने दर भने उल्लेख्य रहेको छ । एसाइलम स्वीकृत हुने वा नहुने भन्ने कुरा मुद्दाको निर्णय गर्ने अधिकारी वा न्यायाधीशले पनि फरक पार्छ ।

कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम अस्वीकृत हुनुका केही कारणबारे उल्लेख गरेका छन् । जसमा एउटा कारण एक वर्षको बारलाई लिइएको छ । अमेकिरामा शरणको लागि योग्य हुन अमेरिकामा आइपुगेको एक वर्ष भित्र आफ्नो एसाइलम आवेदन दिनुपर्छ । यस नियममा अपवादहरू पनि छन्, तर तथ्याङ्क अनुशार अमेरिका आएको एक वर्ष पछि फाइल गर्ने मानिसहरूको तुलनामा समयमै फाइल गर्ने व्यक्तिहरूले आफ्नो मुद्दा जित्ने सम्भावना झण्डै दोब्बर रहेको देखाएको छ ।

यदि कुनै कारणले समयमा एसाइलम फाइल गर्न सक्षम नभएमा नियममा रहेको अपवादमा टेकेर एक वर्षको बारलाई पार गर्न सक्षम हुन सक्नुहुन्छ। तपाईं अमेरिकामा आइपुगेदेखि वैध गैर आप्रवासी स्थितिमा भएमा, १० वर्ष भन्दा कम उमेरको भएमा, शारीरिक वा मानसिक असक्षमताका कारण समयमा फाइल गर्नबाट रोकेको भएमा, परिस्थितिमा परिवर्तनका कारण आफ्नो देश फर्किने डर भएमा एकबर्ष नाघेपछि पनि एसाइलम फाइल गर्न सकिन्छ ।

एसाइलम मुद्दाहरू अस्वीकार हुने अर्को सामान्य कारण विश्वसनीयता हो। अधिकारीहरुले तपाई झूट बोल्दै हुनुहुन्छ भन्ने विश्वास गरेमा तपाईले मुद्दा जित्न अझ गाह्रो हुनेछ। मुद्दामा उल्लेख भएका विवरणमा एकरूपता नभएमा यस्तो हुनसक्छ । यदि तपाइँको आवेदनमा तपाइ रातो घरमा बस्नुभएको छ भनिएको छ तर साक्षी पत्रले तपाइँ नीलो घरमा बसेको बताएमा त्यसमा आशंका हुन्छ । यस्तो विसंगतिले न्यायाधीश वा एसाइलम अधिकारीहरु तपाईं झूटो बोल्दै हुनुहुन्छ भन्ने निष्कर्षमा पुग्न सक्छन्। त्यसैले मिति र घटनाहरूमा एकरूपता भए नभएको सुनिश्चित गर्न आवश्यक हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै अमेरिकी सरकारसँग तपाईंको भिसा आवेदन, सरकारसँग अघिका आवेदनहरू, सिमाक्षेत्रबाट आउँदाको क्रेडिबल फियर अन्तरवार्ता, परिवारका सदस्यहरूको अध्यागमन आवेदन वा केसहरूबाट तपाईंको बारेमा महत्त्वपूर्ण जानकारी हुन सक्छ। सोशल मिडिया वा अन्य अन लाइन स्रोतहरूका साथै आफ्नै र अन्य देशहरूका डाटा बेसहरूबाटपनि विवरण हुनसक्छ ।

कुनै पनि सुनुवाई गर्नु अघि तपाईको मुद्दाको समीक्षा गर्नु महत्त्वपूर्ण हुन्छ। तपाइले सुनुावाई वा अन्तरवार्तामा दिने बयान तपाइँको लिखित बयान र कागजातसँग मेल खानुपर्छ । सुनुवाइमा तपाईंले कुनै प्रश्न बुझ्नुभएको छैन भने नबुझेको बताउनुपर्छ । यदि तपाईलाई जवाफ थाहा छैन वा याद छैन भने, तपाईलाई थाहा छैन वा याद छैन भन्नुपर्छ । अनुमान गर्नुहुँदैन ।

त्यस्तै तपाईंले आफ्नो गृह देशमा हानिको सामना गर्नुको अर्थ तपाईं शरणको लागि योग्य हुनुहुनेछ भन्ने होइन। शरण जित्नको लागि तपाईंले आफ्नो जाति, धर्म, राष्ट्रियता, राजनीतिक विचार वा विशेष सामाजिक समूहको कारणले सताउने व्यक्तिले तपाईंलाई हानि पुर्‍याउनेछ भनेर देखाउनु पर्छ। यदि तपाईंको हानिको डर कुनै सामाजिक समुहमा आधारित छ भने तपाईंले ठ्याक्कै यसको अर्थ के हो परिभाषित गर्न आवश्यक छ। कुनै सामाजिक समुहमा लिंग, यौन झुकाव, पेशा वा अन्य विशेषताहरू समावेश हुनसक्छ । त्यसो गर्न असफल हुँदा एक व्यक्तिले गृह देशमा हानिको सामना गर्नुपर्दा पनि एसाइलम अस्वीकार हुनसक्छ।

तपाईंले हानिको सामना गर्नु पर्नेछ भनेर देखाउनुको अलावा तपाईंले सामना गर्नुहुने हानि ज्यान जोखिमकै स्तरमा पुग्छ भनेर पनि देखाउनुपर्छ। अर्को शब्दमा हानि धेरै गम्भीर प्रकारको हुनुपर्छ। शारीरिक, मानसिक र भावनात्मक रूपमा हानि गम्भीर छ भनेर देखाउन सक्नुहुन्छ । यदि तपाईंले धेरै साना तर धेरै हानिहरू सामना गर्नुभएको छ भने त्यसको योगमा ज्यान जोखिममा पर्ने निष्कर्ष निकाल्न सकिन्छ । जस्तै धम्कीहरू, निम्न स्तरको हिंसा, छोटो नजरबन्द सामना गर्नुभयो भने तिनीहरू ज्यान जोखिममा रहेको रूपमा योग्य हुनेछन्। यदि तपाईंको परिवारका सदस्यहरूलाई धम्की वा हानि पुर्‍याइएको छ भने थप सान्दर्भिक हुनसक्छ । त्यसैले तपाईंले त्यस्ता घटनाहरूको बारेमा प्रमाण उपलब्ध गराउनु पर्छ।

त्यस्तै एसाइलम अस्वीकृत हुनुका अन्य कारणहरु पनि हुने गर्छन् । यदि तपाईलाई विगतमा पक्राउ गरिएको छ वा अपराधको आरोप लगाइएको छ भने एसाइलम प्राप्त गर्न बाधा हुन सक्छ। यदि तपाईंले तपाईंको इच्छा विरुद्ध वा दबाबमा समेत आतंकवादीहरूलाई सहयोग गर्नुभयो भने यसले तपाईंलाई एसाइलम पाउनबाट रोक्न सक्छ । आतंकवादी वा विद्रोहीहरूलाई चेकपोइन्टमा पैसा तिरेको खण्डमा समेत सहयोगका रुपमा लिइन्छ । यदि तपाईं तेस्रो देशमा बस्नुभयो वा तेस्रो देशबाट त्यहाँ स्थायी रूपमा बस्नको लागि प्रस्ताव आएको थियो भने पनि तपाईले अमेरिकामा एसाइलम नपाउन सक्नुहुन्छ ।

शरण आवेदनहरू अस्वीकार हुनुका अन्य धेरै कारणहरू पनि हुन्छन् । त्यसैले तपाईले आफ्नो एसाइलमको मुद्दाबारे राम्रोसँग तयारी गर्न आवश्यक हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com