सेप्टेम्बर १२ पछि एसाइलम अन्तरवार्तामा दोभाषे चाहिनेले नेपाली भाषा अनुवादक लैजानु पर्ने


प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार

युएससीआईएसमा एसाइलम अन्तरवार्तामा जाँदा नेपाली भाषा अनुवादक लैजान नपर्ने नियम सन् २०२३ को सेप्टेम्बर १२  सम्मका लागि थप गरिएको छ । त्यस्ता नेपाली भाषा अनुवादक सरकारले नै निशुल्क प्रदान गर्ने भएको छ । सेप्टेम्बर १२ पछि अङ्ग्रेजीमा अन्तर्वार्ता दिन नसक्ने एसाइलम आवेदकहरूले आफ्नै दोभाषेहरू उपलब्ध गराउनु पर्नेछ ।

कोरोनाको महामारीका कारण सन् २०२० को सेप्टेम्बरदेखि भाषा अनुवादक लैजान नपर्ने नियम लागु गरिएको थियो । कोरोना सम्बन्धित सार्वजनिक स्वास्थ्य आपतकालको संघीय घोषणा मे २०२३ मा समाप्त हुनेछ। त्यसपछि धेरै सरकारी अभ्यासहरु पहिलेकै अवस्थामा आउनेछन् ।

त्यसअगाडि भने एसाइलम आवेदकलाई भाषा अनुवादकको आवश्यकता परेको खण्डमा आफै शुल्क तिरेर लैजानुपर्ने अवस्था रहेको थियो । नयाँ नियम अनुशार अँग्रेजी नबोल्ने एसाइलम आवेदकले युएससीआईएसमा भाषा अनुवादक लैजानु पर्दैन । आवेदकले उसले जान्ने ४७ वटामध्ये एउटा भाषामा अन्तरवार्ता दिन सक्छन्। ती ४७ भाषामा नेपाली समेत सुचिकृत गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसले आज उक्त नियममा म्याद थप गर्दै फेडरल रजिष्टरमा सुचना प्रकाशित गरेको हो । कोरोना भाइरसको फैलावट नियन्त्रणका लागि सरकारले नै भाषा अनुवादक उपलब्ध गराउने नियम ल्याएको हो । सरकारको सम्झौतामा रहेका त्यस्ता भाषा अनुवादकहरुले टेलिफोनमार्फत अनुवाद गर्नेछन् ।

सरकारले प्रदान गर्ने अनुवादकका लागि एसाइलम आवेदकले कुनै शुल्क तिर्नुपर्नेछैन । अनुवादकहरु कडा र सावधानीपूर्वक परीक्षण गरिएका, पृष्ठभूमि परीक्षण गरिएका, व्यवसायिक र प्रतिस्पर्धाबाट आएकाहरु हुने युएससीआईएसले जनाएको छ ।

नियम मार्च १६ मा समाप्त हुन लागेकोमा सेप्टेम्बर १२  सम्म थप गरिएको हो । यो नियम एसाइलम अफिसमा सकारात्मक एसाइलमका सन्दर्भमामात्र लागु हुनेछ । अदालतमा भने यो नियम लागु हुनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com