नोभेम्बर ८ को प्रतिक्षा


प्रकाशित मिति : श्रावण १०, २०७३ सोमबार

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावका लागि रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प औपचारिक रुपमा उम्मेदवार घोषित भएका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट औपचारिक उम्मेदवार घोषणा गर्न यसैसाता सम्मेलन हुँदैछ ।

ओहायो राज्यमा भएको पार्टीको अधिवेशनमा भएको मतदानमा ट्रम्पलाई उम्मेदवार बन्न आवश्यक समर्थन प्राप्त भएको हो । शक्तिशाली व्यापारी डोनल्ड ट्रम्पले अब डेमोक्रेटिक तर्फकी सम्भावित उम्मेदवार हिलरी क्लिनटनसँग नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा लड्ने छन् । गएको एक वर्षमा न्यूयोर्कका यी धनाढ्यले अमेरिकाको राजनीतिलाई उलटपुलट पारेका छन् ।

उनले लोकप्रियताका लागि आलंकारिक भाषा प्रयोग गरेर होस् वा गैरकानुनी रुपमा प्रवेश चाहने आप्रवासी र इस्लामिक स्टेट भनिने आइएस विद्रोहीको निन्दा गरेर होस् अथवा अमेरिकीहरुका लागि विदेशबाट रोजगारका अवसर फिर्ता ल्याउने बाचा गरेर होस्, समर्थन र घृणा दुबै बटुलेका छन् ।

ट्रम्पले ओहायो राज्यको क्लिभल्याण्डमा भएको पार्टीको अधिवेशनमा भएको प्रारम्भिक मतदानमा देशैभरको परिणामबाट आफ्नो उम्मेदवारी सुरक्षित बनाएका हुन्।
विगतमा जब डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा जाने आफ्नो आशय रहेको बताएका थिए धेरै मानिसले उनको उम्मेद्वारीलाई ठट्टाको रुपमा उडाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार अधिवेशन स्थलमा ट्रम्पको गृहराज्यले उनलाई राष्ट्रपतिको उम्मेद्वारको बहुमत पुर्याएको सुनाइयो । र, उनका छोरा डोनल्ड जुनियरले न्युयोर्कका प्रतिनिधिहरुको उनलाई समर्थन सुनाउँदै बधाइ छ भने । उक्त अधिवेशनस्थल बाहिर प्रदर्शन गरिरहेका केही समूह र प्रहरीबीच भीडन्त भएको थियो ।
कस्ले जिते के होला ?

अध्यागमनको सन्दर्भमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प कडा रुपमा प्रस्तुत भएका छन् भने डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन नरम रुपमा । आफू राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरुलाई देशनिकाला गर्ने डोनाल्ड ट्रम्पको एजेण्डा छ भने उनीहरुलाई बृहद अध्यागमन सुधारमार्फत नागरिकताको बाटोमा लैजाने हिलारीको एजेण्डा रहेको छ ।

सीमा क्षेत्रमा कडाई गर्ने र अमेरिकामा कानुनी रुपमा मात्र मान्छेहरुलाई प्रवेश दिने डोनाल्ड ट्रम्पको एजेण्डाप्रति धेरैजसो पुरातनपन्थी अमेरिकीहरुको आकर्षण देखिएको भने पूर्णरुपमा बन्द गर्ने कुरा गर्नु असत्य र अव्यवहारिक रहेको बताउने हिलारीको नाराले आप्रवासीहरुप्रति उदार मतदाताहरुको मन जितेको छ । अध्यागमन सुधार गरेर कागजपत्रविहिनहरुलाई नागरिकताको बाटोमा लैजानका लागि आफूले संसद समेत नकुरेर कार्यकारी अधिकारको प्रयोग गर्ने बर्नी स्याण्डर्सको नारा र भाषणले धेरै आप्रवासीहरुको मन जितेको छ । तर ११ मिलियन आप्रवासीहरुको भविश्य के हुने भन्ने कुराको निर्धारण भने ६ महिनापछि हुने राष्ट्रपतीय चुनावको अन्तिम परिणामले मात्र निर्धारण गर्नेछ ।

नोभेम्बर ८ को प्रतिक्षा

अमेरिकाको राष्ट्रपति छान्न आगामी नोभेम्बर ८ तारिख बिहिबार चुनाव हुनेछ । जुन चुनावबाट अमेरिकी जनताले ५८ औं राष्ट्रपति छान्नेछन् । जुन चुनावी प्रकृयामा हजारौं नेपाली अमेरिकनहरु पनि सहभागी हुनेछन् ।

अमेरिकामा रहेका नेपालीहरुले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन् । अधिकांश नेपालीहरु हिलारी क्लिन्टनका पक्षमा देखिएका छन् भने केही नेपालीहरु रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा पनि देखिएका छन् ।

अध्यागमनबारे डोनाल्ड ट्रम्प
मान्छेहरु गैरकानुनी रुपमा सीमा पार गरेर अमेरिकामा खनिइरहेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्नेहरु ठूलोसंख्यामा अपराधमा संलग्न छन् । यो रोकिनैपर्छ । अहिले नै रोकिनुपर्छ ।

हामीले बाहिरबाट अमेरिकामा मान्छेहरु नल्याउने भनेको होइन, ल्याउँछौं । तर हामीले कानुनी रुपमा अमेरिकामा मान्छेहरु ल्याउनेछौं ।

राष्ट्रपतिका रुपमा म सिमाको मामलामा अत्यन्तै कठोर हुनेछु । मैले पूर्ण कागजपत्रबिना अमेरिकामा मान्छेहरुलाई छिर्न अनुमति दिनेछैन ।

मैले एचवानबी भिसालाई सस्तो श्रम कार्यक्रमको रुपमा प्रयोग गर्ने कामलाई सधैका लागि बन्द गर्नेछु । हरेक भिसा र इमिग्रेशन कार्यक्रमका लागि अमेरिकी कामदारलाई नियुक्त गर्ने पूर्ण आवश्यकतालाई संस्थागत गर्नेछु ।

हामी हाम्रो देशमा बाहिरबाट मान्छेहरु आएको चाहन्छौं । तर तिनुहरु कानुनीरुपमा नै आउनुपर्छ ।

 मेक्सिकन नेताहरुले धेरैबर्षदेखि अमेरिकामा गैरकानुनीरुपमा छिर्ने कामदारमार्फत उनीहरुको देशबाट अमेरिकामा अपराध र गरिबी पठाउने कामको फाइदा लिइरहेका छन् ।

 सिमा बिनाको देश त देश नै होइन । गैरकानुनी रुपमा मान्छेहरु अमेरिका छिर्ने क्रम रोकिनैपर्छ । अमेरिकामा कम्तीमा पनि ११ मिलियन मान्छेहरु गैरकानुनी रुपमा आएका छन् । तिनीहरु सबै बाहिर जानेछन् । उनीहरुमध्ये केही फर्केर अमेरिकामा पनि आउनेछन् तर उपयुक्त प्रकृयामार्फत ।

अध्यागमनबारे हिलारी क्लिन्टन

 हामीले समाना र पूर्ण नागरिकताको मार्ग सहित अध्यागमनमा बृहत सुधार ल्याउनुपर्छ । संसदले यसबारेमा काम नगरेमा मैले राष्ट्रपति ओबामाको कार्यकारी घोषणाको पक्षमा काम गर्नेछु । र म परिवारहरुलाई एकसाथ राख्नेमा काम गर्नेछु । मैले परिवार राख्ने जेलहरु र निजी अध्यागमन जेलहरु बन्द गराउनेछु । र योग्य मान्छेहरुलाई अमेरिकी नागरिकता प्रदान गर्न सहयोग गर्नेछु ।

हामीले बृहत अध्यागमन सुधार विधयेक पारित गरेर कुल ग्राहस्थ उत्पादनमा हजारौं बिलियन डलर थप्न सक्छौं । र बृहत अध्यागमन सुधार विधयेकको लक्ष्य पूर्ण र समान नागरिकताप्राप्तीको मार्ग प्रसस्त गर्ने हुनेछ ।

 राष्ट्रपतिमा निर्वाचित भइसकेपछि मैले अध्यागमनको मामलामा पहिलो कार्यालयको स्थापना गर्नेछु ।

 हामीले हाम्रा सिमानाकाहरु पूर्णरुपमा बन्द गर्ने कुरा गर्नु असत्य र अव्यवहारिक हो ।

 म राष्ट्रपतिमा निर्वाचित भएको पहिलो १ सय दिनमा बृहत अध्यागमन सुधार र नागरिकता प्राप्तीका लागि बाटो खोल्ने दिशामा काम गर्ने प्रतिबद्धता जनाउँछु ।

 म मेरा मतदाताहरुलाई जानकारी दिन चाहन्छु कि यदि तिनीहरुले मलाई भोट हालिरहेका छन् भने उनीहरुले बृहत अध्यागमन सुधारका लागि भोट हालिरहेका छन् ।
 हामीले अपराधीहरुलाई देशनिकाला गर्नेछौं, कडा मिहिनेतका साथ काम गर्ने आप्रवासी परिवारलाई होइन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com