उत्तर कोरियाको विषयमा हामीलाई नजोड्नु– चीन


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

बेइजिङ, १६ साउन । उत्तर कोरियाको विषयमा चीनलाई नजोड्न चीनले अमेरिकालाई आग्रह गरेको समाचार छ । उत्तर कोरियाले गर्ने क्षेप्यास्त्र परीक्षणका विषयमा आफूलाई नजोड्न चीनले सो आग्रह गरेको हो ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयमा जोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा चासो नदिएको र कुनै कारबाहीका लागि पनि तयार नभएको बताउनुभएको थियो ।

उहाँले आफ्नो ट्वीटर अकाउन्टमा उत्तर कोरियाको आतङ्कका बारेमा चीनले चासो नदिएको भन्दै यसले संसारलाई अफ्ठेरो पार्ने अवस्था आउदा पनि चीन नबोलेको बताउनुभएको थियो ।

उत्तर कोरियाले यही जुलाइ महिनाको पहिलो हप्ता गरेको पछिल्लो शक्तिशाली परीक्षणपछि विश्वमा नयाँ तरङ्ग उत्पन्न भएको बताइएको छ । विज्ञहरुले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले निकै टाढासम्म मार हान्न सक्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही परीक्षणपछि शान्ति सुरक्षाको प्रसङ्ग विश्वव्यापी रुपमा नै उठेको छ । यसले गर्दा अमेरिकामात्र नभएर दक्षिण कोरिया र जापानका लागि पनि तनाव उत्पन्न गरेको जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले दिएको सो प्रतिक्रियापछि सोमबार चीनले यस विषयमा चीनलाई नमुछ्न आग्रह गरेको हो ।

ट्रम्पले यो प्रसङ्ग ल्याएपछि चीनले पनि चीन अमेरिका व्यापार र उत्तर कोरियाको आणविक कार्यक्रम बिल्कुनै फरक विषय भएकोले यससँग जोडेर कुनै कुरा नगर्न आग्रह गरेको हो ।

चीनका वाणिज्य उपमन्त्री ओएन केमिङले सोमबार बेइजिङ्मा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ‘चीन अमेरिका व्यापार सम्बन्ध तथा उत्तर कोरियाको आणविक कार्यक्रम यी दुई वटा बिल्कुलै फरक विषय हुन् त्यसैले यीनलाई जोडेर कुरा गर्नुको कुनै अर्थ छैन ।’

उहाँले अमेरिकालाई आइन्दा यस विषयमा चीनलाई नजोड्न पनि आग्रह गर्नुभएको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको समाचारमा उल्लेख छ ।

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार उत्तर कोरियाले जारी राखेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण र यसको खतराका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच पनि सोमबार फोनवार्ता भएको छ ।

उहाँहरुबीच सोमबार फोनमार्फत भएको कुराकानीमा उत्तर कोरियामाथि थप आर्थिक नाकाबन्दी लगाउनुका साथै कूटनीतिक विषयमा पनि थप परामर्श गरी अघि बढ्ने सहमति भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com