गायिका अन्जु पन्त ईनास को कार्यक्रममा अमेरिका आउदै 


प्रकाशित मिति : श्रावण १४, २०७४ शनिबार

 
विजय थापा,वाशिंगटन डिसी 
 
नेपाली गायन क्षेत्रमा उच्च स्थान ओगटेकी प्रख्यात गायिका अन्जु पन्त ईनास को कार्यक्रममा अमेरिकाको डिसी आउने भएकी छिन् l नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जस मध्ये न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् । 
 
नेपाली चलचित्रका लागि थुप्रै गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् । उनको सर्वप्रिय गीत ‘न बिर्से तिमीलाई’ सर्वाधिक चर्चित गीत हो । अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनामा पहिलो प्रस्तुतिमा कलाकार अन्जु पन्त लाई बोलाउने भएको हो 
 
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया को मनासस शहरमा मा आगामी अगस्त १३ तारिख हुने भएको ईनास का पदाधिकारीले बताएका छन् l अन्तरराष्ट्रिय नेपाली कलाकार समाज भर्जिनिया शाखाका कृष्ण श्रेष्ठले ईनेप्लिज संग कुरा गर्दै छोटो समय भएकोले यस क्षेत्रका सबै नेपाली समुदायलाई परिवार सहित आई दिन आग्रह गरेका छन् l 
 
यसै गरि ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले कलाकार अन्जु पन्त लामो समय पछि अमेरिका आउने भएकोले हौसला दिन समुदायलाई बिशेष अनुरोध गरेका छन् l  

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com