विना भिसा अमेरिका प्रवेश गर्न खोज्नेहरुको संख्या २३ महिनामा सबैभन्दा कम


प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार

Migrants cross the Rio Grande towards the U.S.-Mexico border in Ciudad Juarez, Mexico, Tuesday, Dec. 20, 2022. The U.S. Supreme Court issued a temporary order to keep pandemic-era limits on asylum-seekers in place, though it could be brief, as conservative-leaning states push to maintain a measure that allows officials to expel many but not all asylum-seekers. (AP Photo/Christian Chavez)

जनवरीमा मेक्सिकोबाट अमेरिका विना भिसा गैरकानूनी प्रवेश गर्न खोज्नेहरुको संख्या सन् २०२१ को फेब्रुअरी यताको सबैभन्दा कम रहेको अधिकारीहरुले बताएका छन् । जनवरीमा अमेरिकी सीमा गस्तीले १ लाख २८ हजार भन्दा बढीलाई पक्राउ गरेको छ, जुन डिसेम्बरको तुलनामा ४२ प्रतिशतले कम हो ।

राष्ट्रपति जो बाइडेनका लागि अमेरिका मेक्सिको सीमाको परिचालन राजनीतिक कमजोरीका रुपमा रिपब्लिकनहरूबाट आलोचना हुदै आएको छ । साथै यही विषयमा होमल्याण्ड सेक्युरिटी सेक्रेटरीमाथि रिपब्लिकनले महाभियोग लगाउने चेतावनी समेत दिएका छन् ।

CIUDAD JUAREZ, MEXICO – DECEMBER 18: Immigrants seeking asylum turn themselves in to U.S. Border Patrol agents after wading across the Rio Grande to El Paso, Texas on December 18, 2022 from Ciudad Juarez, Mexico. The city of El Paso declared a state of emergency one week after a surge of asylum seekers began crossing the border, quickly overwhelming federal immigration and city authorities. U.S. border authorities predict an even larger influx of migrants with the court-ordered end of Title 42 on December 21. John Moore/Getty Images/AFP (Photo by JOHN MOORE / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

हालैका हप्ताहरूमा बाइडेन प्रशासन अधिकारीहरूले गैरकानुनी रुपमा अमेरिका प्रवेश कम हुनका लागि एक नयाँ कार्यक्रमलाई जस दिएका छन् । उक्त कार्यक्रमले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका आप्रवासीहरूसँगको अमेरिका प्रवेशका लागि कानूनी बाटो प्रदान गर्छ ।

राष्ट्रपतिले जनवरी ५ मा नयाँ सीमा कार्यक्रमको घोषणा गरेदेखि, गैरकानूनी सीमा पार गर्नेहरूको संख्या घटेको बाइडेन प्रशासनका अधिकारीले बताएका छन् । मध्य अमेरिकाबाट विना भिसा अमेरिका छिर्न खोज्ने आप्रवासीहरूको संख्यामा पनि उल्लेखनीय गिरावट आएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com