यतीको विमान दुर्घटनाको प्रारम्भिक तथ्य: दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा जानु के हो?


प्रकाशित मिति : माघ २३, २०७९ सोमबार

पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ ।

विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ ।

दुवै इन्जिनका प्रोपेलरहरू फेदरिङ गर्नुको अर्थ हावाको प्रतिरोध र तनाई कम गर्दै प्रोपेलरका ब्लेडहरू वायुप्रवाहसँग समानान्तर हुने गरी समायोजन गरिनु हो । यो सामान्यतया इन्धन खपत कम गर्न र इन्जिन असफल भएको अवस्थामा विमानको ग्लाइड दायरा बढाउनको लागि गरिन्छ।

ग्लाइड दायरा भनेको इन्जिन पावरको प्रयोग नगरी ग्लाइडमा हुँदा विमानले कभर गर्न सक्ने अधिकतम तेर्सो दूरी हो। झर्ने स्थिर दर र हावा नभएको अनुमानका साथ यसले सिधा रेखामा उड्न सक्ने अधिकतम दूरीलाई जनाउँछ । विमानको ग्लाइड दायरा यसको वजन, वायु गति, उचाइ, र पखेटा डिजाइनमा निर्भर गर्दछ। इन्जिन विफलताको घटनामा यो महत्त्वपूर्ण विचार हो किनकि यसले उपयुक्त अवतरण साइटहरूको उपलब्धता निर्धारण गर्न सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रोपेलरहरू घुमाउने एयरफोइलहरू हुन् जसलाई थ्रस्ट भनिन्छ जसले वायुयानलाई हावाको माध्यमबाट अगाडि बढाउँछ। तिनीहरू सामान्यतया विमान इन्जिनको अगाडि माउन्ट हुन्छन् र केन्द्रीय हबको वरिपरि घुमाउँछन्। ब्लेडहरू घुमाउँदा, तिनीहरूले हावाको प्रवाह उत्पन्न गर्छन् जुन पछाडि सर्छ, विमानलाई अगाडि बढाउने थ्रस्ट प्रदान गर्दछ।

प्रोपेलरहरू विभिन्न आकार, आकार र डिजाइनहरूमा आउँछन्, र विभिन्न प्रकारका विमान र उडान अवस्थाहरूको लागि अनुकूलित हुन्छन्। तिनीहरू उड्डयनमा महत्त्वपूर्ण भूमिका खेल्छन्, किनकि तिनीहरूले विमान इन्जिनद्वारा उत्पन्न शक्तिलाई अगाडि गतिमा रूपान्तरण गर्नका लागि मेकानिकल माध्यमहरू प्रदान गर्छन्।

एटीआर–७२ विमानको एउटा इन्जिनमा ६ र अर्को इन्जिनमा ६ वटा प्रोपेलर (ब्लेड) गरि जम्मा १२ वटा हुन्छन् । पाइलटले जहाज उडान भर्दा प्रोपेलरको ब्लेडको ककपिटमा रहने लिभरको सहायताले आवश्यकता अनुसार छड्के बनाउन सक्छन्

तर, इन्जिनमा प्रोपेलर ब्लेड हुँदा जहाजमा अत्यधिक घर्षण उत्पन्न हुने र जहाजलाई अगाडि हुत्याउने सामार्थ्य इन्जिनमा हुँदैन ।

उक्त अवस्थामा जहाज सजिलै धावनमार्गमा अवतरण गर्न नसकि आकाशबाट कुनै गह्रौं वस्तु खसे जसरी भुइँमा बज्रने पुग्छ । पोखरामा यतीको एटीआर विमान पनि त्यसरी नै दुर्घटनामा परेको आयोगले जनाएको छ ।

उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षहरूको थप अनुसन्धान अगाडि बढाइसकेको आयोगका सदस्यसचिव लामिछानेले बताउनुभयो ।

आयोगले अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्याङ्कको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारीसमेत गरेको आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो । आयोगले सिङ्गापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो । आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिव सिङ्गापुर गएका थिए ।

उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले सिङ्गापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो ।

आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिवहरू पठाइएकामा उक्त कार्य सफलतापूर्वक सम्पन्न गरी आयोगकका पदाधिकारी नेपाल फर्किएका हुन् ।

उक्त फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटा विश्लेषण गर्न आयोगको नेतृत्वमा सिङ्गापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ ।

सो अवसरमा सिङ्गापुरस्थित एटिआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षको थप अध्ययनसमेत भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com