रवि लामिछानेको बहिर्गमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सूक्ष्म रूपले हेरिरहेका छौँ : कांग्रेस


प्रकाशित मिति : माघ २१, २०७९ शनिबार

सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बहिर्गमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सूक्ष्म ढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको प्रतिपक्षी दलका शीर्ष नेताको बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सञ्चारकर्मीसँग गृहमन्त्री लामिछानेको राजीनामा र त्यसपछिको अवस्थाका बारेमा सूक्ष्म ढङ्गले हेरिरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले अब कसलाई पुनः गृहमन्त्री बनाउने भन्ने सन्दर्भमा सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक र वैचारिक विवाद उत्पन्न हुनुका साथै सदनमा पनि त्यो विषय उठेको बताउनुभयो ।

नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, “अहिले हामीले हेर्ने हो, गर्नेले के गर्छन्, त्यो हेरौँ त्यसपछि हामी टिप्पणी गरौँला ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गृहमन्त्री लामिछानेको विषय कानुनले नै हेरिरहेको प्रतिक्रिया दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com