यसरी २३५० डलर तिरेर त्यागेका थिए रविले अमेरिकी नागरिकता


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

सामान्यतया कुनै व्यक्तिले अमेरिकी नागरिकता त्याग्न चाहन्छ भने सबैभन्दा पहिले उसले अर्को देशको नागरिकता र पासपोर्ट लिनुपर्छ । दोहोरो नागरिकताका लागि अनुमति दिने देशको नागरिकता लिएपछिमात्र अमेरिकी नागरिकता त्याग्न सहज छ ।

कुनै पनि व्यक्ति राज्यविहिन हुनसक्ने खतरा भएका कारण दोश्रो देशको नागरिकता नलिएसम्म अमेरिकी नागरिकता त्याग्दा कानुनी जटिलता पैदा हुनसक्छ । तर रविले यो सन्दर्भमा नेपालको वंशजको आधारको पूरानो नागरिकता र उक्त नागरिकताका आधारमा बनेको पासपोर्टका आधारमा अमेरिकी नागरिकता परित्याग गरेका थिए ।

कतिपय कुटनीतिक पोष्टहरुले दोश्रो देशको नागरिकता वा पासपोर्ट नभएको व्यक्तिको पनि अमेरिकी नागरिकता सहजै खारेज गरिदिन सक्छन् तर कतिपय कुटनीतिक पोष्टहरुले दोश्रो देशको नागरिकता वा पासपोर्ट नभएसम्म अमेरिकी नागरिकता खारेज गर्न मान्दैनन् । अमेरिकी दूतावास काठमाडौंले रविको नागरिकता सहजै खारेज गर्न अनुमति दियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी अमेरिकाले नागरिकता खारेजीमा स्वीकृति जनाएपनि सम्बन्धित व्यक्तिले भने आफू स्टेटलेस हुनसक्ने खतराबारे बुझ्न जरुरी छ । अमेरिकी नागरिकता त्यागेपछि अर्को देशको नागरिकता छैन भने त्यो व्यक्ति स्टेटलेस हुन्छ ।

कुनै नेपालीले नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको छ भने वर्तमान कानुनी अवस्थामा अमेरिकी नागरिकता त्याग्न सहज छैन । तर असम्भव भने छैन । अहिलेसम्मको नेपालको कानुन अनुशार अमेरिकी नागरिकता लिइसकेपछि उक्त व्यक्तिले नेपालको नागरिकता त्याग्नुपर्छ । र, अमेरिकी नागरिकता छँदाछँदै उक्त व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न सक्दैन । किनभने नेपालको कानुनमा दोहोरो नागरिकताको व्यवस्था छैन ।

तर अमेरिकी कन्सुलेटले अनुमति दिएको खण्डमा भने उसले नेपालको नागरिकता पुन प्राप्त नगर्दै पनि अमेरिकाको नागरिकता त्याग्न सक्छ । यसरी अमेरिकी नागरिकता त्याग्दा उसले नेपालको नागरिकता पुन प्राप्त नगर्दासम्म स्टेटलेस हुने खतरा रहन्छ ।

कुनै व्यक्तिसँग अर्को देशको नागरिकता छैन भने कन्सुलर अफिसरले स्टेटलेस हुनसक्ने खतराबारे बुझाउनुपर्छ । अझै पनि व्यक्तिले नागरिकता त्याग्न खोज्छ भने कन्सुलर अफिसरले त्यसका लागि प्रकृया अगाडि बढाउनसक्ने प्रावधान छ ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटले अर्को देशको पासपोर्ट नभएको व्यक्तिको अमेरिकी नागरिकता सहजै खारेज गर्न अस्वीकार गर्छ । नागरिकता फिर्ता गर्ने अप्वाइन्टमेन्टमा फिर्ता गर्न चाहने व्यक्तिले अर्को देशको पासपोर्ट ल्याउन सुझाव दिइएको छ । तर नेपालका सन्दर्भमा वर्तमान कानुन अनुशार अमेरिकी वा अन्य कुनै देशको नागरिकता छँदाछँदै नेपालको नागरिकता वा पासपोर्ट लिन सम्भव छैन । यदि कसैले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि बोक्छ भने त्यो अहिलेको नेपालको कानुन अनुशार गैरकानुनी हो ।

दोश्रो देशको पासपोर्ट भइसकेपछि अप्वाइन्टमेन्ट भन्दा अगाडि डीएस ४०७९ फर्म भर्नुपर्छ । अप्वाइन्टमेन्टका बेलामा डीएस ४०८०, डीएस ४०८१, डीएस ४०८२ र डीएस ४०८२ नामका फर्महरु भर्नुपर्छ । यी फर्महरु चेकमार्क लगाउने खालका र सजिला छन् ।

अमेरिकी नागरिकता त्याग्नका लागि कन्सुलेट अफिसमा अप्वाइन्टमेन्ट लिन सकिन्छ । अप्वाइन्टमेन्ट लिइसकेपछि अप्वाइन्टमेन्टको बेलामा अमेरिकी पासपोर्ट र अर्को देशको पासपोर्ट गरी दुईवटै पासपोर्ट लैजानु पर्छ । जन्मदर्ता प्रमाणपत्र र पछिल्लो नागरिकता लिएको देशको नागरिकताको प्रमाणपत्र पनि ल्याउनुपर्छ । अमेरिकी नागरिकता त्याग्ने व्यक्तिले अमेरिकाको नागरिक रहँदासम्मको ट्याक्स फाइल गर्नुपनि जरुरी हुन्छ ।

अमेरिकी नागरिकता त्याग्नका लागि लाग्ने शुल्क अहिले २३५० अमेरिकी डलर रहेको छ । यो शुल्क ४५० डलरबाट एकैपटक बढाइएको हो । रविले पनि उक्त शुल्क तिरेर अमेरिकी नागरिकता त्यागेका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com