राष्ट्रपतिका छोराले रुसी वकिलसँग गरेको कुराकानी गलत– सर्वेक्षण


प्रकाशित मिति : श्रावण ८, २०७४ आईतबार

वासिङ्टन, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ ।

अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्न सघाएको आरोप लगाउँदै आएको छ । त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोराले एकजना रुसी वकिलसँग बारम्बार कुराकानी गरेको सार्वजनिक भएको थियो ।

तर राष्ट्रपति ट्रम्पले भने उक्त साँठगाँठको अस्वीकार गर्दै आएका भएपनि गत हप्तामात्र सो विषय सार्वजनिक भएको थियो । उक्त कुराकानीको खुलासा पनि गतहप्ता नै भएको थियो ।

राष्ट्रपतिका जेठा छोराले आफूले गरेको कुराकानी, इमेल र भेटसम्बन्धी समाचार स्वीकार गरेका छन् । उनले यस विषयमा आफू स्पष्ट रहेको र राष्ट्रपतिमा आफ्नो बुबालाई विजयी गराउनका लागि आफूले कुराकानी गरेको हो भनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर त्यस समयमा आफूले उक्त कुराकानीको बारेमा भने आफ्नो बुबालाई जानकारी नदिएको पनि उनले जनाएका छन् । यसै बिषयमा थप बुझ्न भन्दै अमेरिकी सिनेट कमिटीले उनलाई र सो निर्वाचनको समयमा ट्रम्पका प्रमुख निर्वाचन अभियन्तालाई कमिटीमा बोलाएको छ ।

उनको सो कुराकानीका बारेमा ‘पोलिटिको कन्सल्ट’ नामक एक संस्थाले सो गरेको सर्वेक्षणमा संलग्न मध्येका अधिकांशले उक्त कार्य गलत भएको प्रतिक्रिया दिएका हुन् ।

उक्त सर्वेक्षणमा संलग्न अमेरिकी नागरिकमध्येका ५२ प्रतिशतले सो कार्य गलत भएको बताएका छन् । त्यसैगरी अर्वेक्षणमा संलग्न मध्येका २३ प्रतिशतले मात्र उक्त कार्यलाई सही भनेका छन् ।

त्यस्तै उक्त सर्वेक्षणमा संलग्न मध्येका २५ प्रतिशतले आपूmहरुले सो विषयमा कुनै टिप्पणी नै नगर्ने भनी प्रतिक्रिया दिएका थिए । यस विषयमा रिपब्लिकन पार्टीका सदस्यहरुलाई बढी असर गरेको देखिएको छ ।

रिपब्लिकन पार्टीका सदस्यहरुमध्ये ४४ प्रतिशतले रुसी वकिलसँग गरेको सो कुराकानी कुनै ठूलो मुद्धा नभएको भनी सहज प्रतिक्रिया दिएका बताइएको छ । उनीहरुले यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

सो समाचारपछि फेरि अमेरिकामा अर्काे काण्ड पनि सार्वजनिक भएको छ । यसै महिनामा जर्मनीको ह्याम्बर्गमा भएको जि२० को सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्लै र गोप्य तवरबाट भेट गरेको भनी अर्काे काण्ड पनि हालै सार्वजनिक भएको थियो ।

ह्वाइटहाउसले सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खाना खानेबेलामा उहाँबीचमात्र तर छोटोवार्ता भएको बताएको छ ।

तर अमेरिकी पत्रिकाले सो भेटमा अरु कोही नभई एकजना दोभासेमात्र राखिएको र एक घन्टासम्म यो भेटवार्ता भएको बताएका छन् । दोभासे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ ।

ह्यामबर्गको जी–२० बैठकका समयमा राष्ट्रप्रमुखको निजी रात्रिभोजका बेला दोश्रो बैठक भएको समाचार बाहिर आएपछि निकै विवाद ल्याएको छ । सो भेटमा अमेरिकी राष्ट्रपति एक्लै र रुसी राष्ट्रपतिसँग आफ्ना दोभाषे रहेका पत्रिकाले जनाएका थिए ।

राष्ट्रपति ट्रम्पले पनि यस वार्ता मिडियामा आएजस्तो गम्भीर प्रकृतिको नभएर सामान्य र खाना खानेबेलामा गरिएको सामान्य कुराकानी हो भन्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com