अमेरिकी राष्ट्रपति कार्यालयका प्रेस सचिवद्वारा राजिनामा


प्रकाशित मिति : श्रावण ८, २०७४ आईतबार

अमेरिकी राष्ट्रपति कार्यालयः ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै आफ्नो पदबाट आज राजिनामा दिएका छन् ।

स्पाइसरसँग परामर्श नै नगरी ह्वाइट हाउसको सञ्चार निर्देशक पदमा राष्ट्रपति ट्रम्पले न्युयोर्कका एकजना धनाढ्य तथा लगानीकर्ता एन्थोनी स्कारामुस्सिलाई अकस्मात् नयाँ नियुक्ति दिनु भएपछि यसमा चरम असन्तुष्टि प्रकट गर्दै स्पाइसरले राजिनामा दिएका हुन् ।

स्कारामुस्सिको नवनियुक्ति पश्चात् स्पाइसरले राष्ट्रपति ट्रम्पको कदमप्रति कडा आपत्तिसमेत जनाएका अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।

तत्कालै राजिनामा दिए तापनि अगस्ट महिनासम्म कार्यरत भै त्यसपछि मात्र पदत्याग गर्ने ४५ बर्षीय स्पाइसरले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन । ह्वाइट हाउस जस्तो गरिमामयी कार्यालयको सञ्चार विभाग हाँक्ने योग्यता र औकात नवनियुक्त निर्देशक स्कारामुस्सिसँग हँुदै नभएको भनी स्पाइसर र उनका सहकर्मी चिफ अफ स्टाफ रेइन्स प्रिबसको दाबी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालसम्म ह्वाइट हाउसप्रति पु¥याएको सेवा बापत धन्यबाद दिँदै आजै प्रकाशित एक विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले स्पाइसरको कार्य सम्पादन क्षमताबाट आफू प्रभावित रहेको उल्लेख गर्नु भएको छ ।

स्पाइसरको राजिनामा तथा उनले स्कारामुस्सिको बारेमा गरेको टिप्पणीप्रति ट्वीटरमा प्रतिक्रिया व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले ूपहिला पहिला फटाहा सञ्चार माध्यमहरु (फेक न्युज मिडिया) ले समाचारहरुको अत्यन्त दुरुपयोग गरी ह्वाइट हाउसलाई उछाल्दा समेत यिनले ठीक पारेका थिए । तर यत्ति सानो घटनामै राजिनामा दिइ हाल्नु पर्ने स्पाइसर गजबका ब्यक्ति रहेछन्ू भनी आश्चर्य प्रकट गर्नु भएको छ ।

राष्ट्रपति ट्रम्पको सञ्चार प्रशासनमा प्रवेश गरेको केही हप्तामै स्पाइसर विवादमा मुछिएका र अधिकांश अमेरिकी सञ्चार माध्यमहरुले उनलाई हास्यास्पद तथा आलोचनाका पात्र बनाएका थिए । नियुक्ति पाएको केही हप्तादेखि नै उनको सम्भाब्य राजिनामा वा बहिर्गमनको अडकल काटिन थालेको थियो ।

त्यस्तै, नवनियुक्त सञ्चार निर्देशक, ५३ बर्षीय स्कारामुस्सिले आफ्नो छवि एक राजनीतिक ब्यक्तित्व, अर्थबिद्, धनाढ्य तथा लगानी कर्ताका रुपमा निर्माण गरेका छन ।
उनले न्युयोर्कका थुप्रै बैंक तथा अन्य वित्तिय संस्थाहरुमा काम गरिसकेका छन् । तर, उनी पनि विवाद रहित भने छैनन । केही समय अघि एक पटक, सिएन्एन्द्वारा प्रसारित एक आलेख कथानक वृत्तान्तमा एउटा रुसी लगानी कोषको शंकास्पद गतिबिधिसँग उनको नाम गाँसिएको थियो ।

पछि सिएन्एन्ले उनको नाम मुछिएकोमा यसलाई सम्पादन गर्न बाँकी रहेको अवस्थामा प्राविधिक त्रुटीवश प्रसारण हुन पुगेको भन्दै क्षमा याचना गरेको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com