चीनका नवनियुक्त राजदूतलाई विभिन्न मैत्री संगठनको स्वागत


प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार

नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङलाई बिभिन्न मैत्री संगठनहरुले स्वागत गरेका छन् । काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी राप्रपा केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीसहित बिभिन्न संगठनका प्रतिनिधिले स्वागत गरेका हुन् ।

कार्यक्रममा राजदूत सङले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि दुबै देशले सधैं एकअर्काको सम्मान, विश्वास र सहयोग गर्दै आएको धारणा राखे ।

नेपालमा भर्खरै संघीय र प्रदेश निर्वाच सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै राजदूत सङ अहिले विश्वमा भइरहेका परिवर्तन यसअघि कहिल्यै नभएका किसिमका भएको टिप्पणी गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ परिस्थिति, नयाँ अवसर र चुनौतीको स्थितिमा चीनले सधैंझैं नेपाललाई राष्ट्रिय अखण्डता र राष्ट्रिय सम्मानको रक्षाका लागि, राष्ट्रिय आवश्यकता अनुसारको विकास ठम्याउन र स्वतन्त्र घरेलु तथा विदेश नीति अपनाउन सहयोग गर्ने उनले बताए ।

राजदूत सङले नेपालका लागि २२औं चिनियाँ राजदूतका रूपमा सेवामा आउन पाउनुलाई अवसर र ठुलो सम्मानका रूपमा लिएको धारणा राखे । नेपालको अनुपम सौन्दर्य, अद्वितीय संस्कृति र यहाँका जनताको दयालुपन र हार्दिकताबाट छक्क परेको उनले बताए ।

सङ आइतबार मात्रै आफ्नो जिम्मेवारी समाल्न काठमाडौं आइपुगेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com