भारतबाहिर पठानको आक्रामक बुकिङ


प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार

सन् २०२२ को अन्त्य रोहित सेठ्ठीको फिल्म ‘सर्कस’बाट भयो । यो फिल्म बक्सअफिसमा फ्लप नै भयो । नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको अन्त्य अर्थात जनवरी २५ मा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुँदैछ । चार वर्षपछि दर्शकमाझ कमव्याक गर्न लागेका शाहरुखका लागि यो फिल्म विशेष छ ।

दीपिका पादुकोण र जोन अब्राहमको समेत अभिनय रहेको यो फिल्मको गीत रिलिज हुनासाथ विवादमा तानिएको छ । जसको चर्चा अहिले पनि बलिउडमा छ । तर, विवादका बाबजुद पनि यो फिल्म प्रति दर्शकको क्रेज घटेको छैन । यो फिल्मको भारत बाहिर बुकिङ आक्रामक छ ।

जर्मनीमा फिल्मको बुकिङ २८ डिसेम्बरबाट सुरु भएको थिया । एक महिना अघिबाट नै बुकिङ खुलेपछि केही समयमा नै सबै टिकट बिकिसकेको छ । ‘पठान’को टिकट आक्रामक रुपमा बुकिङ भएपछि यो प्रतिक्षित फिल्म हो भन्ने प्रमाणित भएको छ ।

जर्मनीको बर्लिन, एसेन, डेमटोर, हार्बर्ग, हनोवर, म्युनिख र अफेनबैकमा भएका थिएटरमा जनवरी २५ का लागि ‘पठान’को शो करिब करिब भरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतमा जनवरीको पहिलो साताबाट बुकिङ खुल्दैछ । सिद्धार्थ आनन्दको फिल्ममा भीएफएक्स र एक्सनको जबरदस्त संयोजन छ । फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुँदैछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com