१९ वर्षपछि छुटे चार्ल्स शोभराज


प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार

फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्। शोभराज शुक्रबार जेलमुक्त भएका हुन्।
१९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई (बुधबार) छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।

सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।
शोभराजमाथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो ।

कैदमुक्त भए पनि शोभराज अध्यागमनकै निगरानीमा हुने देखिएको छ। विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले उनलाई अध्यागमनमा बुझाएपछि प्रक्रिया पुर्‍याएर डिपोर्ट गरिने जानकारी दिए।

यता, शोभराजका वकिल गोपाल शिवाकोटीले आफू अहिले चार्ल्ससँगै रहेको भन्दै ट्राभल डकुमेन्ट मिले आजै उनलाई फ्रान्स पठाउने तयारी भइरहेको जानकारी दिए । “म अहिले शोभराजसँगै छु । उहाँले आजै फ्रान्स फर्किने चाहना राख्नु भएको छ,” गोपालले भने, “रातिसम्म भए पनि समय लगाएर उहाँलाई स्वदेश पठाउने तयारी भइरहेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com